nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा १७ किलो चरेस सहित दुईजना पक्राउ

Pakrau-1528028744.jpg

मकवानपुरको थाहा नगरपालिको सिमभन्ज्याङबाट प्रहरीले १७ किलो चरेश र गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सिमभन्ज्याङबाट खटेको प्रहरी टोलीले थाहा नगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा पालुङबाट  हेटौडातर्फ जाँदै  गरेको ना १ ज ५३६१ नं. को सुमोबाट बिरगंज महानगरपालिकाका ३५ वर्षिय मनोज कुमार साहले खुट्टा र जुतामा लुकाई छिपाई राखेको लागु औषध चरेश २ किलो ७०० ग्राम र गाँजा ५० ग्राम प्रहरीले बरामद गरेको हो । 

त्यस्तै पालुङबाट हेटौंडा जाँदै गरेको ना ५ ख १०५३ नम्बरको बसलाई सिमभन्ज्याङमा नै रोकी प्रहरीले चेक जाँच गर्ने क्रममा हेटौंडा उपमहानगरपालिका १ बस्ने ५२ वर्षिय लक्ष्मण स्याङतान १४ किलो ४०० ग्राम लागु औषध चरेश सहित पक्राउ परेका छन् । स्याङ्तानले आफु बसेको सिटमुनि प्लास्टिकको बोरामा चरेश राखेर हेटौंडा तर्फ लाँदै गरेको मकवानपुर प्रहरीले बताएको छ । 

पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसैबीच कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोकी फरार रहेका मकवानपुर कैलाश गाउँपालिका–५ गोगने बस्ने बर्ष ३६ को जय बहादुर मुक्तानलाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको छ । थाहा नगरपालिका–३ थानाबजारबाट पक्राउ परेका मुक्तानलाई १० बर्ष कैद सजायको थियो 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)