Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा सहकारी बजार विकास कार्यक्रम लागू, यस्तो छ अवसरै अवसर

थाहा नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ देखि नेपाल सरकार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको संयुक्त रुपमा संचालित सहकारी बजार विकास कार्यक्रम लागू भएको  छ । 

कृषकहरुलाई प्रारम्भिक सहकारी संस्थामा आवद्ध गराउँदै सहकारी संस्था मार्फत कृषकबाट उत्पादित फलफूल तथा तरकारी पकेट क्षेत्र, स्थानीय तह जिल्ला र केन्द्रीय स्तरमा संचालन हुने सहकारी बजारसम्म पु¥याउन आवश्यक प्रविधिक पूर्वाधार विकास तथा नीतिगत सहयोग प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम लागू भएको हो ।

कार्यक्रमका लागि थाहा नगरपालिकाले नगरपालिका अन्तर्गत तय भएका पकेट क्षेत्रमा कार्यक्षेत्र भएका योग्य र यस कार्य क्षेत्रगत शर्त अनुसार कार्यगर्न इच्छुक प्रारम्भिक सहकारी संस्थाहरुसंग प्रस्तावना माग गरेको छ । 

हेर्नुहोस् सचूनाः




https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)