Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा संयुक्त होली मिलन कार्यक्रम गरिने

पालुङ जेसीज, लायसन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहानगरले ६ चैत्रमा संयुक्त रुपमा होली मिलन कार्यक्रम गर्ने भएका छन् । ६ चैत्र विहान साँढे १० बजे थाहानगरको शिखरकोटमा होली मिलन कार्यक्रम आयोजना गर्न लागेको पालुङ जेसीजका कार्यक्रम संयोजक दिपा बलले जानकारी दिइन् । 

पालुङ जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी, सदस्यहरु, लायन्स, लियो तथा इच्छुक युवाहरुलाई उक्त कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ ।