Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा रुपचन्द्र बिष्टको ८६ औ जन्मजयन्ति मनाइयो

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको ८६ औ जन्मजयन्तिको अबसरमा उनको जन्म स्थान थाहा नगरपालिकाका भव्य कार्यक्रम भएको छ । थाहा नगरपालिकाको शिखरकोटमा रहेको विकास घरमा पाँचौ थाहा दिवस, तस्ीवरमा थाहा नामक पुस्तक विमोचन तथा पुरस्कार वितरण समारोह भएको हो । थाहा नगरपालिको सहयोग तथा फरक सोच अभियानको आयोजनामा भएको  कार्यक्रम फरक सोचका अध्यक्ष  यादवजगं रायमाझीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको अवसरमा स्वर्गिय रुपचन्द्र विष्टको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अथिति थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले पानसमाा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा काव्य उत्सव प्रतियोगितामा सहभागिलाई प्रमाणपत्र तथा पुरस्कार बितरण गरिएको थियो । त्यसैगरि थाहानगर खेलकुद विकास समिति र फरक सोचको आयोजनामा भएको थाहा नगरपालिका स्तरीय उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने थाहा नगरपालिका समुह सि का सुभाष गौतम र अरुण लामालाई नगद पुरस्कार रु. १० हजार, द्धितिय नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र ए का सन्तोष प्रसाद पन्त र संग्राम के. सी. लाई नगद पुरस्कार रु. ७ हजार पाँच सय, र तृतीय हुन सफल पालुङ स्वास्थ्य केन्द्रका दशरथ बस्नेत र सुबोध चापागाईलाई नगद पुरस्कार रु. ५ हजार, प्रमाणपत्र तथा शिल्ड बितरण गरिएको थियो । साथै उत्कृष्ट खेलाडि पालुङ स्वास्थ्य केन्द्रका सुबोध चापागाईलाई नगद १ हजार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अथिती थाहा नगरपालिकाका नगर प्रमुख लबशेर बिष्टले थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका उद्देश्यले थाहा नगरपालिकाको सहयोगमा प्रकाशित तस्वीरमा थाहा बिमोचन पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार प्रताप बिष्टले वर्षेनी सौजन्य गर्दै आउनु भएको थाहा पत्रकारिता पुरस्कारबाट विगत लामो समय देखि उत्तरी मकवानपुरमा पत्रकारितामा क्रियाशिल हुदै आएका पत्रकार सुरजकुमार भुजेललाई नगद ११ हजार एकसय एघार रुपैया सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो । 

कार्यक्रममा थाहानगरपालिकाका नगर प्रमुख लवशेर बिष्टले थाहा दर्शन र रुपचन्द्र बिष्टले शुरु गर्नुभएको थाहा आन्दोलनको अभियान माथी प्रकाश पारेका थिए । थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपाली, नेकपा प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श, थाहा नगरपालिका ३ का वडा अध्यक्ष राजेश के. सि., नेपाली काँग्रेस थाहा नगर कमिटि सभापति योगेन्द्रमान श्रेष्ठ, फरक सोचका अभियान्ता सुरजकुमार भुजेल, गणेश बिष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा थाहानगरपालिकाका नगर प्रमुख लवशेर बिष्ट, थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपाली, नेकपा प्रदेश कमिटि सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श, नेकपा जिल्ला सदस्य राजु नापित, थाहा नगरपालिका ३ का वडा अध्यक्ष राजेश के. सि. थाहा नगरपालिका ५ का वडा अध्यक्ष बिष्णु बहादुर गुरुङ, थाहा नगरपालिका ६ का वडा अध्यक्ष शशिधर सुवेदि, नेकपा थाहानगर कमिटि अध्यक्ष अरुण रायमाझी, नेपाली कागं्रेस थाहानगर कमिटि सभापति योगेन्द्रमान श्रेष्ठ, थाहानगर होटल एशोसियसनका अध्यक्ष शिव कुमार खत्री, फरक सोचका अभियान्ताहरु लगायत विभिन्न सघं सस्थांका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०