Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा राष्ट्रिय जनमोर्चाले घोषणा गर्यो  मेयर र उपमेयर

राष्ट्रिय जनमोर्चाले मकवानपुर थाहा नगरपालिकाको मेयर तथा उपमेयर पदका लागि उमेद्वार घोषणा गरेको छ ।

थाहा नगरपालिकाको मेयर पदमा पुरुषोत्तम कार्की र उपमेयरमा शोभा गोपालीलाई उमेद्वार घोषणा गरी सार्वजनिक गरेको हो । 

मेयर पदका प्रत्यासी कार्की अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय कार्यालय सचिव हुन् भने उपमेयरकी प्रत्यासी गोपाली रक्तिम अभियानकी केन्द्रीय कलाकार तथा रक्तिम मकवानपुरकी कोषाध्यक्ष हुन् ।