nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा माओवादी र काँग्रेस चुनावी तालमेलतर्फ धकेलिदै

मकवानपुरको थाहा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेलको अन्तिम चरणमा रहेको बुझिएको छ । दुई दलले स्थानीय तहको प्रमुख र उपप्रमुखदेखि वडा सदस्यसम्म भागबण्डा गरेर तालमेल गर्न लागेको स्रोतले बताएको छ ।

१२ वटा वडा रहेको थाहा नगरपालिकामा मेयर माओवादी केन्द्र र उपमेयर नेपाली काँग्रेसले पाउने गरी तालमेल हुन लागेको बुझिएको छ । यो चुनावी तालमेलले माओवादीका लवशेर विष्ट मेयर र नेपाली काँग्रेसका खड्ग गोपाली उपमेयर हुने ति दलको दाबी छ । मेयर पाउने दलले चार र उपमेयर पाउने दलले सात वटा वडा दाबी गरेको बुझिएको छ, यद्यपी सम्झौता टुङ्गी नसकेको स्रोतले बतायो । 

यसैबीच बल्लबल्ल उमेद्वारी टुङ्ग्याएको माओवादी र काँग्रेसका वडा अध्यक्ष तथा सदस्यहरु भने भागबण्डामा नपर्ने हो कि भनेर विचलित भएको गुनासो छ । कतिपयले पार्टी छोड्नेसम्मको चेतावनी दिएको बताइन्छ ।