Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा भएको दुर्घटनामा २ जना घाइते [अपडेट]

मकवानपुर थाहा नगरपालिका वडा नं. ३ नेपाल विद्युत प्राधिकरण नजिकै मोटरसाइकल र अटो ठोक्किएर भएको दुर्घटनामा दुईजना घाइते भएकाछन् ।  १२ माघ साँझ भएको दुर्घटनामा ना १ ह ५७१७ नम्बरको अटो र  ना ६१ प ४३०० नम्बरको माटरसाइकल एक आपसमा ठोक्किएको थियो । 

दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा २ का काशीराम दाहल र अटोमा सवार थाहा २ का विकेश कार्की समान्य घाइते भएका छन् । घाइतेहरुको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामन्य भएको स्वासथ्य केन्द्रले जनाएको छ । 

दुर्घटनामा अटो पल्टिएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif