nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा भएको दुर्घटनामा २ जना घाइते [अपडेट]

मकवानपुर थाहा नगरपालिका वडा नं. ३ नेपाल विद्युत प्राधिकरण नजिकै मोटरसाइकल र अटो ठोक्किएर भएको दुर्घटनामा दुईजना घाइते भएकाछन् ।  १२ माघ साँझ भएको दुर्घटनामा ना १ ह ५७१७ नम्बरको अटो र  ना ६१ प ४३०० नम्बरको माटरसाइकल एक आपसमा ठोक्किएको थियो । 

दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा २ का काशीराम दाहल र अटोमा सवार थाहा २ का विकेश कार्की समान्य घाइते भएका छन् । घाइतेहरुको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामन्य भएको स्वासथ्य केन्द्रले जनाएको छ । 

दुर्घटनामा अटो पल्टिएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)