Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा प्रेस संगठनको भेटघाट कार्यक्रम

152-1589210977.jpg

प्रेस संगठन मकवानपुरको संयोजनमा थाहानगरमा पत्रकारहरुबीच छलफल भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनका बेला पत्रकारहरुको समस्या तथा रिपोटिङको विषयमा छलफल भएको हो । 

प्रेस संगठन बागमती प्रदेशका सहसंयोजक सुनिल खड्काको विशेष उपस्थितीमा भएको छलफलमा प्रेस संगठनका केन्द्रीय सदस्य राजन दाहाल, जिल्ला संयोजक प्रकाश दाहाल, संगठनका प्रदेश सदस्यहरु सुरजकुमार भुजेल, धर्मेन्द्र दाहाल, कुमार नेगी, सुरेन्द्रमान प्रधान, इच्छापूर्ण कार्की, राजकुमार केसीलगायत जिल्ला सदस्यहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा जिल्ला संयोजक प्रकाश दाहाल, प्रदेश सहसंयोजक सुनिल खड्का, प्रदेश सदस्य कुमारनेगी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका सहभागी तथा वक्ताहरुले लकडाउनका कारण पत्रकारलाई परेको समस्या र कोभिड–१९ को संक्रमणबाट जोगिन अपनाइएको सजगताको विषयमा बोलेका थिए । 

कार्यक्रममा विकास खबरपत्रिका थाहा टाइम्स, दामन एफएमलगायतका संचार माध्यममा आवद्ध स्थानीय संचारकर्मीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा जिल्ला समितिको तर्फबाट पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क तथा सेनिटाइजर हस्तान्तरण गरेका थिए ।   
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०