nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा पानी हैन असिना, डामाडोल भयो किसानको 'पसिना'  ! (हेर्नुहोस फोटोहरु)

मकवानपुरको थहानगरमा ३ वैशाख बेलुकी परेको असिनाले कृषकहरुले लगाएको तरकारी बालीमा क्षति पु¥याएको छ ।

थाहानगर क्षेत्रको मुख्य बाली आलु, केराऊ, हुर्किँदै गरेको काउली, मूलालगायतमा असिनाले क्षति पु¥याएको हो । आकासे पानी नपर्दा खेतीपातीमा असर परिरहेकै बेला असिनाले झन क्षति पु¥याएको हो । असिनाले दामनपालुङ, आग्रा, चित्लाङ, टिष्टुङ र बज्रवाराही क्षेत्रमा क्षति पु¥याएको छ । पानी परेर राहत हुनुको साट्टो असिनाले बाली क्षति गरेपछि किसानहरुमा निरासा छाएको छ । 

क्षतिको एकिन तथ्याङ्क थाहा नगरपालिकाको कृषि शाखासंग नभएपनि करिब ७ सय हेक्टर आलु, २ सय हेक्टरलगाइएको काउली, बन्दालगगायत फलफुल खेतीमा समेत क्षति पु¥याएको कृषि शाखाका प्रमुख संजय तिवारीले बताए ।

हेर्नुहोस् फोटोहरुः  -गणेश विष्ट




https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।