nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा कक्षा ८ का २२ विद्यालयमा ७ सय २० ले परीक्षा दिए

शैक्षिक सत्र २०७५ मा मकवानपुर थाहा नगरपालिकाबाट कक्षा ८ को ७ सय २० जनाले परीक्षा दिएका छन् । नगरको विभिन्न २२ विद्यालयका विद्यार्थीले ६ वटा परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका हुन् । 

यस वर्षको अन्तिम परीक्षामा ४ जना अनुपस्थित भएको थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख लक्ष्मण दाहालले जानकारी दिए । जनकल्याण मावि पालुङ, चम्पेश्वरी मावि चित्लाङ विसिङ्खेल, सरस्वती मावि र झम्केश्वरी मावि ओखरबजारका १÷१ जना परीक्षामा अनुपस्थित भएको प्रमुख दाहालले जानकारी दिए । गतवर्षबाट थाहा नगरपालिका शिक्षा शाखाले कक्षा ८ को अन्तर विद्यालयमा परीक्षा केन्द्र कायम गरी अन्तिम वार्षिक परीक्षा संचालन गर्दै आएको छ । 

परीक्षा सके लगतै उत्तर पुस्तिका जाँच भैरहेको छ । उत्तर पुस्तिकाको कोड÷डिकोड गरी परीक्षण र सो पुस्तिकाको सम्परीक्षण समेत गरेर नतिजा प्रकाशन गरिने दाहालले बताए । कक्षा ८ को एकसाता भित्रै नतिजा तयार हुने नगरपालिका शिक्षा शाखाले जनाएको छ । 

थाहा नगरपालिकाले कक्षा ५ को पनि प्रश्नपत्र नगरपालिका शिक्षा समितिले नै छपाई गरी विद्यालयमा पठाउने गरेको छ । कक्षा ५ को परीक्षामा नगरका ५५ विद्यालयका विद्यार्थी सहभागी छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)