nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा एमाले उपाध्यक्ष भीम रावलले सम्बोधन गर्दै

नेपाल कम्युनिष्ट पार्टी एमालेले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचन केन्द्रीत गरेर २८ वैशाखमा चुनावी सभा आयोजना गरेको छ । थाहा नगरपालिकाको घट्टेचौरमा संचालन हुने सभालाई नेकपा एमाले केन्द्रीय उपाध्यक्ष भीम रावलले सम्बोधन गर्नुहुने कार्यक्रम छ । 

चुनावी सभा सम्बोधन अघि विहान ११ बजे नेकपा एमाल थाहानगरले ¥याली सहित प्रचारप्रसार गर्ने समेत जनाएको छ । ¥याली विहान ११ बजे थाहा नगरपालिका वडा नम्बर ११ बजे ओखरबजारबाट शुरु भई थाहाबजार, स्वास्थ्य चोक, शिखरकोट कृष्ण मन्दिरचोक हुँदै गोपालीगाउँबाट घट्टेचौरमा सभामा परिणत हुने एमाले थाहानगर कमिटीले जनाएको छ । 

नेकपा एमालले थाहानगरमा मेयर, उपमेयर सहित पूरै ६२ पदमा उमेद्वारी दिने एकमात्र पार्टी हो । 

को हुन् रावल ?  

एमाले उपाध्यक्ष रावल वि.सं २०१२ साल मंसिर ३० गते अछामको साँफेबगर-९ स्थित कालाआम भन्ने ठाउँमा जन्मिएका हुन् । हाल उनी काठमाडौंको टोखास्थित बिनाज रेसिडेन्सीमा बस्छन् । रावलले राजनीतिशास्त्रमा एमए र कानूनमा बीएल गरेका छन् । उनी पीएचडी स्करल हुन् । राजनीतिमा सक्रिय हुनुअघिसम्म उनी वकालती पेशासमेत गर्थे । एमालेका वौद्धिक एवं तार्किक नेता मानिने रावलले भूमिगत वाम राजनीतिमा १२ वर्ष विताएका छन् भने विभिन्न मितिमा गरेर करिब एक वर्ष बन्दी जीवन बिताएका छन् ।

रावलले ‘नेपालमा साम्यवादी आन्दोलन उदभव र विकास’ नामक पुस्तक लेखेका छन् । त्यसैगरी ‘राजनीति र मानवअधिकार’ उनको दोस्रो किताव हो । रावल कवि पनि हुन् । उनको ‘लिम्पियाधुरा’ कविता संग्रह प्रकाशित छ । कानून तथा अध्ययन अनुसन्धानका क्षेत्रमा समेत काम गरेका रावल नेकपा एमालेभित्र कोर टीममा नेता मानिन्छन् । माओवादीसँगको शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियामा रावलको सक्रिय भूमिका छ ।

पटक पटक मन्त्री बनिसकेका उनी केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री थिए । एमालेमा माधव नेपाल पक्षधर भइकन पनि पछिल्लो समय केपी ओलीसँग उनको सम्बन्ध राम्रो बनेको छ । आफूलाई लागेको कुरा प्रष्टसँग भन्ने र विपक्षीप्रति कठोर रुपमा प्रस्तुत हुने रावलको बानीले उनका आलोचकहरुलाई असैह्य बनाउने गरेको छ ।