nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर: बलियो नीति, कमजोर बजेट

मकवानपुर थाहा नगरपालिकाले १० असारमा आफ्नो वार्षिक नीति तथा कार्यक्रम सहित बजेट सभामा पेश गरेको छ । विकास घरमा भएको पाँचौ नगरसभा समक्ष आर्थिक वर्ष २०७६÷०७७ को लागि ७१ करोड ४१ लाख ७१ हजार बजेट पेश भएको हो । बजेटमा  विषयगत कार्यालयतर्फ प्राप्त १८ करोड ८९ लाख, आन्तरिक स्रोत ३ करोड ९५ लाख ६० हजार, राजश्व बाँडफाँड १४ करोड ८२ लाख ६० हजार, अन्य आय १ करोड लाख वित्तिय समानिकरण अनुादन १४ करोड २४ लाख १० हजार र सामाजिक सुरक्षा भत्ता १० करोड रुपियाँ समावेश गरिएको छ । पेश भएको बजेटमा कुल चालुतर्फ ६ करोड ८५ लाख ६८ हजार, पुँजीगततर्फ ३५ करोड ३६ लाख ६२ हजार विनियोजित छ । 

सभामा पेश भएको नीति तथा कार्यक्रम आर्फत मकवानपुर थाहा नगरपालिकाले कर छुटको नीति लिएको छ । नगरपालिका घोषणा भएदेखि लगाउँदै आएको सम्पत्ती कर समयमा नै भुक्तानी गर्ने करदातालाई १० प्रतिशत छुट दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिकसम्म कर तिर्ने नगरबासीलाई १० प्रतिशत छुट दिने नीति लिएको हो । नगरपालिकाले आफ्नो आन्तरिक आय बढाउनको लागि पसल, व्यापार, व्यवशाय उद्योगहरु संचालन गर्ने व्यवशायीहरुबाट वार्षिक व्यवशाय कर असुल गर्ने नीति छ । नगर क्षेत्रमा व्यवशाय गर्ने व्यशायको दतौ प्रक्रियाको लागि वडा कार्यालयहरुबाट नै व्यवशाय दर्ता तथा नविकरण गरिने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । घर, पसल, टहरा आदिमा १० प्रतिशत घर बहाल कर लागू गर्ने नगरपालिकाको नीति छ । नगरलाई बालश्रम मुक्त गर्ने नगरको नीति छ । यसलाई कार्यानवयन गर्नको लागि व्यवशायीहरुले व्यवशाय दर्ता गरेर मात्र संचालन गर्ने र व्यवशाय दर्ता वा नविकरण गर्दा अनिवार्य रुपमा आफ्नो व्यवशायीक प्रतिष्ठानमा बाल श्रमिक नभएको र नराख्ने प्रतिवद्धता कार्डको व्यवस्था गर्ने भएको छ । नगर क्षेत्र भित्र नगरपालिकाले तोकेको होटल,    रिसोर्ट तथा होमस्टेहरुमा प्रति ग्राहकले गरेको खर्चमा ५ प्रतिशत पर्यटन शुल्क लगाउने र यस्तो शुल्कबाट उठेको  रकममा शत्प्रतिशत थप गरी पर्यटन प्रवद्र्धनको क्षेत्रमा लगानी गर्ने नगरको नीति छ । 

थाहा नगरपालिकाले पुराना सडकलाई स्तरी करण नीति लिँदै नयाँ सडकको टूयाक ओपन गर्ने कार्य बन्द गर्ने भएको छ । आगामि आर्थिक वर्षदेखि १२ वटै वडाका वडा सडकको रुपमा विकसित गरी तीन वर्ष भित्र प्रति वडा ५ किलो मीटरको दरले ६० किलोमीटर सडक पक्की बनाउने र वडास्तरमा थप दुई वटा प्राथमिकताको सडकलाई स्तरोन्नती गर्ने जनाएको  छ । नगरमा खानेपानी बोर्ड गठन गरी खानेपानी आयोजनाहरुलाइृ व्यवस्थित गरिने नगरपालिकाले नीति लिएको छ । आगामि ३ वर्ष भित्र थाहा नगरपालिका वडा नं. ४ मा रहेको नार्खु ढाँडमा बसपार्क र नयाँगाउँमा थाहा स्मारक निर्माण सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । वडा नं. ३ काला भैरव (विकास) चौरमा आगामि तीनवर्ष भित्रमा शीतभण्डार निर्माण गरी संचालनमा ल्याउने नगरको महत्वकांक्षी योजना छ ।  नगरपालिका स्थापनाकलादेखि चर्चामा रहेको वस्ती विकासको योजना संचालन गर्न नसकेको थाहाले शिखरकोट, थानाबजार, बज्रवाराही र चित्लाङ मध्ये कुनै एक उपर्युक्त स्थानमा जग्गाधनीहरुको सहमतीमा ुथाहा न्यू सिटिु निर्माणको अवधारणा आफ्नो नीतिमा अघि सारेको छ । कृषि पर्यटन र पूर्वाधार, थाहानगरको विकासको आधार नारामा आधारित भएर अघि बढेको थाहाले कृषि क्षेत्रलाई आधुनिकीकरण, विविधीकरण, व्यवशायिकरण र यान्त्रीकीकरण गर्ने नीति छ । कृषि कार्यलाई कृषि समूह, कृषि       सहकारी/कृषिफर्म मार्फत ५० प्रतिशत अनुदान दिने व्यवस्था गर्ने नीति छ ।  उत्कृष्ट कृषि उत्पादकलाई पुरस्कृत गरिनेछ । टिष्टुङमा नमुना चिया खेती गर्ने, एक गाउँ एक प्राविधिक कार्यक्रमलाई निरन्तरता दिने नगरको नीति तथा कार्यक्रममा उल्लेख छ । थाहामा  कृषिमा वातावरण अनुकुलन कार्यक्रम संचालन गर्न एउटा गाउँ छनोट गर्ने नीति छ ।  कृषिमा उत्पादन भएका कृषि उपज बेचबिखनलाई सर्वसुलभ बजार व्यवस्थापनको लागि बिचौलियाहरु कम गर्न सहकारीहरु मार्फत सहकारी बजार विकास कार्यक्रम संचालन गरिने भएको छ । कृषि र पर्यटन क्षेत्रमा उद्योग संचालन गर्न चाहने उद्यमीहरुलाई आर्थिक सहयोग गर्नको लागि चालु कोषको व्यवस्था गरिनेछ । यसरी संचालन हुने उद्योगहरुको व्यवस्थापनमा सहयोग हुनेगरी आवश्यक पर्ने विद्युत पानीको आपूर्तिमा नगरपालिकाले सहजीकरण गर्नेछ । थाहा नगरपालिका वडा नं. ३ दमारमा औद्योगिक ग्रामको स्थापनाको लागि कार्य प्रारम्भ गर्ने नगरपालिकाको आगामि आर्थिक वर्षको नीति छ । 

पर्यटन गुरुयोजनाले पहिल्याएका क्षेत्रहरुमा आधारित भएर पर्यटन विकासका योजनाहरु संचालन गर्ने जनायएको छ । आगामि आर्थिक वर्षमा निजी क्षेत्रको समेत सहकार्यमा चित्लाङ चन्द्रागिरी भन्ज्याङमा पार्क सहितको भ्यू टावर निर्माण गर्न संभाव्यता अध्ययन गरिनेछ । नगरस्तरीय पर्यटन विकास बोर्ड गठन गरी पर्यटनको विकासमा जोड दिने, चन्द्रागिरी–दामन–सिमभन्ज्याङ टूेकिङ टूेल र साइकल रुट निर्माणको लागि डिपीआर तयार गर्ने, दामन क्षेत्रमा सार्वजनिक जग्गा पहिचान गरी पर्वतीय सम्मेलन केन्द्र निर्माणको लागि कार्य प्रारम्भ गर्ने नगरको नीति  छ । 

नगरका विभिन्न संभाव्य स्थानहरुमा बञ्जिजम्प, प्याराग्लाइडिङ, रकक्लाइमिङ, जिप फ्लाइङ, जस्ता सहासिक पर्यटन व्यवशाय संचालन गर्न चाहने व्यवशायीहरुलाई तत्काल व्यवशाय संचालन गर्न स्वीकृती दिइने व्यवस्था मिलाइने, भिमफेदी–सिमभन्ज्याङ केवलकार संचालन गर्नको लागि प्रारम्भिक अध्ययन भैसकेको र आगामि आर्थिक वर्षमा लगानीकर्ताहरुको खोजी गरी कार्य प्रारम्भ अघि बढाइने, बज्रवाराहीमा थाहा संग्राहलय र चित्लाङमा पर्यटन सूचना केन्द्र निर्माण कार्य थालनीको गरिनेछ । पर्यटकहरुलाई सहज ढंगबाट थाहा नगरपालिका आवागमनको लागि चित्लाङ चन्द्रागिरी सडक र कुन्छाल कुलेखानी सडकको स्तरोन्नती गरी कालोपत्रे गर्न पहल गरिने नगरले नीति लिएको छ । नगरमा एग्रोटुरिजम विकास गर्ने उद्देश्यसहित कार्यक्रम तर्जुमा गरिने भएको छ ।  

सहकारी र नगरपालिकाको साँझेदारीमा विभिन्न सीपमुलक र आय आर्जनका कार्यक्रमहरु संचालन गर्ने, सीपमुलक तालीम संचालन गरी घरेलु तथा साना उद्योग संचालन गर्न चाहने व्यक्ति वा फर्मलाई अनुदान र मेशिन उपलब्ध गराउने व्यवस्था गराउने, स्वरोजगार सृजना गरी नगरभित्रै पुँजी परिचालन गर्ने र रोजगारीको सृजना   गरिने नगरपालिकाको नीति छ ।  सहकारीहरुको रिपोटिङ सिस्टमलाई डिजिटलाइजेशन गरी अनलाईन रिपोटिङको व्यवस्था गरिन, सहकारी नियमावली तर्जुमा गरी सहकारी दर्ता तथा खारेजी र नियमन कार्यलाई अगाडि बढाइने नगरपालिकाकाको नीति छ । 

 सामुदायिक वनहरुलाई नगरपालिकामा अभिलेखीकरण गरी ती सामुदायिक वन उपभोक्ता समितिसंग समन्वय गरी विरुवा उत्पादन तथा     वृक्षारोपनका कार्यक्रमहरु संचालन गर्ने थाहा नगरपालिकाको नीति छ । थाहा नगरपालिकामा प्रदेशस्तरीय विरुवा उत्पादन नर्सरी निर्माणमा पहल र नगर क्षेत्रका सामुदायिक वनहरुले वार्षिक कार्ययोजना निर्माण गरी नगरपालिकामा अनिवार्य बुझाउने व्यवस्था गरिने नीति छ ।  नगरमा किसानले गर्ने अत्याधिक कृषिमा विषादि प्रयोगलाई न्यूनिकरण गरी अर्गानिक खेतीको विकास गर्ने तथा आगामि आर्थिक वषर््ादेखि थाहा नगरपालिकालाई हरित    शहरको रुपमा विकास गरी आगामि ३ वर्ष भित्र वातावरणमैत्री नगर घोषणा गर्ने नगरको नीति छ । थाहामा प्रभावकारी भएको फोहोर व्यवस्थापनको अभ्यासलाई निरन्तरता दिदै फोहोरबाट मोहोर कार्यक्रम संचालन गरिने र शौचालयजन्य फोहोर व्यवस्थापनका लागि कार्यक्रम संचालन गर्ने तथा थाहा नगरपालिका वडा नं. ९ र १० लाई मध्येनजर गरेर सेग्रिगेशन हाउस निर्माणका लागि पहल गर्ने नीति छ । 

नगरका विद्यालयहरुमा क्रमशः ल्याब व्यवस्थापन तथा कम्प्युटर व्यवस्थापन गरिन, विद्यालयहरुमा इ–हाजिरीको व्यवस्था गरिनेछ । विद्यालयको पाठ्यपुस्तक, छात्रवृत्तिलगायत विद्यालयमा दिइने अनुदान रकम समयमै पु¥याउने व्यवस्था गरिने, विद्यार्थी संख्या कम भएका विद्यालयहरुलाई समायोजन गरिनेछ र आवासिय विद्यालय संचालन गरिनेतर्फ पहल गर्ने   नगरपालिकाको नीति छ,  विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्ने नगरपालिकाकले नीति दिएको छ । शिक्षाको गुणस्तर मापन गर्नको लागि ५ र ८ को परीक्षा नगरस्तरीय परीक्षा संचालन    गर्नेछ । प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैथ्याको अस्पतालको रुपमा स्तर वृद्धि गर्ने भएको छ । नगरभित्र रहेका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रहरुको पुर्वाधार विकास गरिनेछ । निःशुल्क औषधि वितरणलाई यथासक्य सम्बन्धीत स्वास्थ्य केन्द्रहरुमा पु¥याइने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । मातृ शिशु कार्यक्रम संचालन गरी आगामि ३ वर्ष भित्रमा नगरलाई Zero Home Delevery नगरपालिका घोषणा गर्ने नगरपालिकाको नीति छ । स्वास्थ्य क्षेत्रको व्यवस्थित तथा गुणस्तरीय विकासकोलागि सार्वजनिक तथा नीजि क्षेत्रको सहकार्यलाई प्रवद्र्धन  गरिने र वैकल्पिक चिकित्सा प्रणालीको विकास तथा विस्तार गरिनेछ । आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सबैको सहज, सुलभ र समान पहुँच स्थापित गरिने भएको छ ।  

आगामि आर्थिक वर्षमा थाहा नगरपालिकामा मेयर कप भलिबल प्रतियोगिता तथा  राष्ट्रपति रनिङ शिल्डको आयोजनालाई निरन्तरता दिइने जनाइएको छ । महिला, ज्येष्ठ नागरिक, अपांगलगायतका लक्षित वर्गको लागि एक्सरे मेशिन सहित घुम्ती स्वास्थ्य शिविर संचालन गरिने भएको    छ ।  नगरलाई एक वर्षभित्र निकृष्ट बालश्रम मुक्त नगर घोषणा तथा दुर्ईवर्ष भित्र बाल विवाह मुक्त नगर घोषणा     गरिने छ । नगरलाई बालमैत्री   नगरपालिका घोषणा गर्नका लागि संस्थागत तथा सेवा प्रवाहको सूचकमा आधारित भएर कार्यक्रम संचालन   गरिनेछ । नगर बाल संरक्षण नीति निर्माण गरी कार्यानवयनमा ल्याइनेछ । विपन्न बालबालिकाको शैक्षिक विकासका लागि छात्रवृत्ति कोष स्थापना गरिने नीति छ । नगरमा रिक्त रहेका  कर्मचारी दरबन्दी पदपूर्ति तथा बढुवा गर्न कानून निर्माण गरी नगरसभाबाट पारित गरेर कार्यान्वयनमा ल्याइने, थाहा नगरपालिका अन्तर्गत स्थानीय सेवामा कार्यरत् कर्मचारीहरुको जीवन सुरक्षाको लागि जीवन बीमा तथा कर्मचारी कल्याण कोष स्थापना गरी संचालनमा समयानुकुल कोष संचालन तथा व्यवसथापन कार्यविधि बनाई कार्यानवयनमा ःयाउने भएको  छ । 

थाहा नगरपालिका क्षेत्रमा लागत सहभागिताको योजनालाई उच्च प्राथमिकताको साथ संचालन  गरिनेछ । यसरी लागत सहभागिताका योजना संचालन गर्दा निजी क्षेत्रले सडक, खानेपानी तथा विजुली विस्तारमा ५/५० प्रतिशत र आम सरोकारका लागि लागत सहभागिता ७०÷३० सहभागितामा योजनाहरु संचालनको लागि त्यस्तो कोषको व्यवस्था गरिने भएको छ ।

हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्ण पाठ:

 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।