Friday, 11th September, 2026
वि.स.

थाहानगरको ९ र १० मा चुनाव प्रचार समिति गठन

थाहा नगरपालिकाको वडा नम्बर ९ र १० मा एमाले–माओवादी गठबन्धनको संयुक्त कायृकर्ता भेला भएको छ । थाहानगर चुनाव प्रचारप्रसार कमिटि संयोजक अरुण रायमाझीको उपस्थितीमा भएको कार्यकर्ता भेलाले वडा नम्बर ९ मा लक्ष्मण रेग्मीको संयोजकत्वमा वडा स्तरीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ । समितिको उपसंयोजकमा परशुराम श्रेष्ठ चयन भएकाछन् ।

त्यस्तै वडा नम्बर १० मा निल बहादुर गोपालीको संयोजकतवमा वडास्तरीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । समितिको उपसंयोजकमा हिराबहादुर गमाल चयन भएकाछन् । कार्यक्रममा चुनाव प्रचार प्रसार समिति उपसंयोजक सानुकाजी गोपाली, एमालेका बिमलकुमार ढकाल, बुद्धरत्न मानन्धर, वडा नम्बर ९का वडाअध्यक्ष परशुराम श्रेष्ठ, १० नम्बर वडा अध्यक्ष हिरा बहादुर गमाललगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यकर्ता भेलाका अतिथी तथा सहभागीहरुलाई रामकृष्ण बस्नेतले स्वागत गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०