nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको ९ र १० मा चुनाव प्रचार समिति गठन

थाहा नगरपालिकाको वडा नम्बर ९ र १० मा एमाले–माओवादी गठबन्धनको संयुक्त कायृकर्ता भेला भएको छ । थाहानगर चुनाव प्रचारप्रसार कमिटि संयोजक अरुण रायमाझीको उपस्थितीमा भएको कार्यकर्ता भेलाले वडा नम्बर ९ मा लक्ष्मण रेग्मीको संयोजकत्वमा वडा स्तरीय चुनाव प्रचार प्रसार समिति गठन भएको छ । समितिको उपसंयोजकमा परशुराम श्रेष्ठ चयन भएकाछन् ।

त्यस्तै वडा नम्बर १० मा निल बहादुर गोपालीको संयोजकतवमा वडास्तरीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । समितिको उपसंयोजकमा हिराबहादुर गमाल चयन भएकाछन् । कार्यक्रममा चुनाव प्रचार प्रसार समिति उपसंयोजक सानुकाजी गोपाली, एमालेका बिमलकुमार ढकाल, बुद्धरत्न मानन्धर, वडा नम्बर ९का वडाअध्यक्ष परशुराम श्रेष्ठ, १० नम्बर वडा अध्यक्ष हिरा बहादुर गमाललगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यकर्ता भेलाका अतिथी तथा सहभागीहरुलाई रामकृष्ण बस्नेतले स्वागत गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)