nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको डाँडाबासमा विप्लव माओवादीको राँके जुलुस

निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल लाभकर विवादबारे सर्वोच्च अदालतले एनसेलकै पक्षमा फैसला गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द्र) विप्लव समुहले विरोध प्रदर्शन गरेको छ । 

विप्लव कार्यकताृहरुले मकवानपुर थाहा नगरपालिकाको आग्रा स्थित डाँडाबास बजारमा मसाल जुलुस गरेका हुन् । विप्लव कार्यकर्ताहरुले सर्वोच्चको निर्णय विरुद्धमा थाहानगर तथा कैलाश गाउँपालिका इन्चार्जको नेतृत्वमा राँके जुलुस गरिएको बताइएकाे छ । 

जुलुससंगै उनीहरुले सर्वोच्चको निर्णय विरुद्ध तथा एनसेलले कर तिर्न पर्ने दबामूलक नारा लगाएका थिए । 

सर्वोच्चले एनसेल बिक्रीमा लाग्ने पुँजीगत लाभकर गणनामा ठूला करदाता कार्यालयले निर्धारण गरेको कर उल्ट्याएको हो । एनसेलले कर तिर्नुपर्ने भनी थाहा पाएको मितिबाट मात्रै पुँजीगत लाभकर तिराउनु भनी सर्वोच्च अदतलले फैसला गरेको छ । ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो। यसमध्ये करिब साढे ३९ अर्ब रुपैयाँ एनसेलले बुझाउन बाँकी थियो।

तर, उसले करिब साढे १४ अर्ब रुपैयाँ मात्र कर निर्धारण हुनुपर्ने भन्दै आदेशमा चित्त नबुझेपछि २०७६ बैसाख ९ मा सर्वोच्च अदालतमा अर्को रिट दायर गरेको थियो । सर्वोच्चको फैसलामा एनसेलमाथि कर लगाउने ठूला करदाताको निर्णय बदर हुने उल्लेख छ ।

पहिलोपटक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पूर्ण इजलासले टुंग्याएको यो विवाद पुनः सर्वोच्चमा रिटको क्षेत्राधिकारअन्तर्गत एनसेल आएपछि केही महिनादेखि विचाराधीन थियो ।