Friday, 19th June, 2026
वि.स.

थाहानगरको कोरोना विरुद्धको यस्तो छ रफ्तार

मकवानपुरको त्यो स्थानीय तह जस्ले आफ्नो दिनदिनैको क्रियाकलाप बेलुकी सार्वजनिक गर्ने गरेको छ । त्यो सथानीय तह हो थाहा नगरपालिका । जिल्लामा १० वटा स्थानीय तहहरु रहेका छन् । सबै स्थानीय तहले कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध योजना बनाएका छन्, कार्यान्वयन गरेका छन् । तर, थाहा नगरपालिकाले के गर्दैछ भनेर पत्रकारलाई प्रश्न गर्नै पर्दैन इमेलमै आउँछ दैनिक कार्यगत विवरण । 

नगरपालिकाले पत्रकारलाई मात्र दिनभरको गतिविधि पठाउँदैन, उस्ले त जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, स्वासथ्य कार्यालय मकवानपुर, मुख्यमन्त्री कायाृलय, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश तथा गृह र प्रधानमन्त्रीको कार्यालयसम्म दैनिक इमेल गर्ने गरेको छ । 

नगरले आफ्नो वेभसाइट अफिसियल फेसबुक पेजलगायतको नागरिकलई थाहा पाउन सहज हुने गरी सार्वजनिक गर्ने गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

हेर्नुहोस् २०७७ वैशाख ३ गतेको प्रतिवेदनः