Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको सम्वृद्धिका लागि चन्द्रागिरीमार्ग–मन्त्री राणा 

मकवानपुरको थाहानगर र छिमेकी गाउँपालिकाहरु पर्यटकीय संभावना बोकेको क्षेत्र भएकोले पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने अर्थराज्य मन्त्री उदय शमशेर राणाले बताएकाछन् । थाहालाई पर्यटन उद्योगसंग जोड्नको लागि चन्द्रागिरी मार्ग सबैभन्दा राम्रो विकल्प हुने उनले बताए । थाहानगरको केन्द्रबाट ३५ र सीमानाबाट झण्डै १० किलोमीटर भन्दा छोटो दुरीमा रहेकोले पर्यटन प्रवद्र्धनका लागि संभावना मात्रै हैन यहाँ धेरै कामै गर्न सकिने मन्त्री राणाको भनाइ थियो । 

मन्त्रालयको तर्फबाट उत्तरी मकवानपुरको लागि  चन्द्रागिरी मार्गको स्तरीकरणको लागि बजेट छुट्याउन आफ्नो तर्फबाट सक्दो सहयेग हुने आश्वासन दिए । थाहानगरको बज्रवाराहीमा रहेको प्यासीफिक बचत तथा ऋण सहकारी संस्थाको सातौ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री राणाले यस्तो बताएका हुन् । 

मन्त्री राणाले नेपालमा ४० प्रतिशत जनताले वित्तिय सुविधा सहकारी मार्फत नै पाईरहेकोले जनतालाई आर्थिक सम्वृद्धितर्फ उन्मुख गराउने सहज माध्यम सहकारी ने भएको बताए । उनले जनताको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग गर्न तयार पारिएको सहकारी ऐन कार्यान्वयनको लागि संसदमा पेश भई पास हुने विश्वास दिलाए । 

साधारणसभामा पूर्व गृह राज्यमन्त्री ईन्द्र बानियाँ, पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय (डीना), थाहानगर उपप्रमुख खड्ग गोपाली, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष तथा सहकारीकर्मी पार्वती राना, थाहा–६ का वडा अध्यक्ष शशीधर सुवेदी तथा स्थानीय राजनीतिकदलका प्रतिनीधिहरु, संघसंस्थाका प्रमुख एवं प्रतिनीधिहरु लगायत शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । 

साधारणसभा प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र विडारीको सभाध्यक्षतामा भएको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)