Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरकी  तत्कालीन माओवादी केन्द्रीय सदस्य बरिना बल एमालेमा 

barina-bal-1632208730.jpg

२०७५ सालसम्म नेकपा माओवादी केन्द्रमा ३,९९९ केन्द्रीय सदस्य थिए । त्यसमध्ये एक थिइन् थाहा नगरपालिकाकी बरिना बल । मंगलबार उनी नेकपा एमाले अध्यक्ष ओलीनिवास बालकोट पुगेर आफू एमालेमै रहेको घोषणा गरेकी हुन् । 

२३ फागुन २०७८ को सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई अलगअलग बनाइदिएपछि रामबहादुर थापा‘बादल’ सहित नेताहरु एमालेमै बसे । नेताहरु एमालेमै बसेपछि बल लगायत माओवादी नेताहरु पहिलेजस्तो माओवादी कार्यक्रमहरुमा सक्रिय रहेनन् । मंगलबार मकवानपुरका संविधान सभा सदस्य दिलबहादुर घिसिङ ‘फुर्वा’ र बरिना बलको नेतृत्वमा केही नेताहरु बालकोट पुगेर आफूहरु एमालेमै रहने घोषणा गरेका हुन् । 

बालकोटबाट फर्किएपछि बलले थाहाटाइम्ससँग कुरा गर्दै अहिले मकवानपुर, धादिङ र नुवाकोटको गरी करिब डेढसय नेता कार्यकर्ता एमालेमा समाहित भएको जानकारी दिइन् । माओवादी केन्द्रमा रहँदा रामबहादुर थापा ‘बादल’ समूहमा रहेका मकवानपुर, धादिङ र नेवाकोटका नेता–कार्यकर्ताहरुको नेतृत्व आफू र घिसिङले गरेको बलले बताइन् । ‘अब तल्लो तहसम्म कसरी समायोजन हुने भनेर छलफल भइरहेको छ, त्यो पनि छिट्टै टुङ्गो लाग्छ’ उनले भनिन् । उनीहरुले मङ्गलबार दिउँसो रामबहादुर थापा, टोपबहादुर रायमाझी, दावा लामा लगायत नेताहरुसँग भेटेर कार्यकर्ताहरु एमालेमै समाहित भएको जानकारी दिने र छलफल गर्ने कार्यक्रम राखेका छन् । 

मङ्गलबार एमाले अध्यक्ष ओली निवासमा अध्यक्ष ओली, महासचिब ईश्वर पोखरल, मकवानपुरका नेताहरु कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, केदार बल, महेश बर्तौला, हिदम लामा लगायत उपस्थित थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०