nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका ४ सय ८६ को निःशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघ, लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा २४ असोजमा भएको पहिलो दिनको शिवरमा ४ सय ८६ जनाको आँखा परीक्षण गरिएको छ । 

थाहानगरको पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा भएको शिविरमा २ सय २२ र पालुङको झम्केश्वरी माविमा भएको शिविरमा २ सय ६४ को आँखा परीक्षण गरिएको लियो क्लब अफ पिसका अध्यक्ष अनित विष्टले    जानकारी दिए । झम्केश्वरी माविमा विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो । झम्केश्वरीमा आँखा परीक्षण गरिएका मध्ये २४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको विष्ट जानकारी दिए । 

यसैबीच पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा भएको शिविरमा ३६ जनामा मोतिया बिन्दु भएका विरामी भेटिएको छ । मोतिया बिन्दु भएकाहरु मध्ये २० जनाको तत्काल शल्यक्रिया गरिने भएको छ । यस्तै २५ असोजमा थाहा नगरपालिकाको बज्रबाराहीमा निःशुल्क आँखा शिबिर हुने भएको छ । बज्रवाराहीको स्वास्थय चौकीमा युवा तथा ज्येष्ठ नागरिकहरुको र सुनौला माविमा विद्यार्थीहरुका लागि शिविर हुने लायन्स क्लब पिस थाहाले जनाएको छ । 

त्यस्तै २६ असोजमा विद्यार्थीका लागि मात्रै थाहानगरको जनकल्याण माविमा शिवर संचालन हुने भएको छ । शिविरमा आउने बिद्यार्थीहरुलाई चस्मा आवश्यक भएमा निःशुल्क प्रदान गरिने भएको छ । त्यस्तै मोतिबिन्दु भएका बिरामीहरुलाई शल्यक्रियाका लागि ल्याउने रलैजाने व्यबस्था सहित निःशुल्क शल्यक्रिया गरिने छ । 

शिविरमा आँखाका रोगीहरु सहभागी भई उपचार गराई निःशुल्क सेवा लिनको लागि लियो क्लब अफ पिस थाहा तथा लायन्स क्लब अफ पिस थाहाले अनुरोध गरेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)