Tuesday, 16th June, 2026
वि.स.

थाहानगरका १९ जनाको अन्तिम पिसिआर रिपोर्ट नेगेटिभ

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित बालकको परिवारको अन्तिम पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । 

उनीहरुको स्वाब हेटौंडामा परीक्षणपछि पुनःपरीक्षणका लागि चितवनको भरतपुर पठाइएकोमा १९ जनाकै रिपोर्ट नेगेटिभ आएको डाक्टर सुबोध चौलागाईले जानकारी दिए । पठाइएका मध्ये ५ जना संक्रमित बालकका मामाघरका परिवार, ४ जना आफ्नो घरको परिवार र १ जना तरकारी व्यापारीको स्वाब रहेको थियो । 

हेटौंडामा दुई पटक कोरोना परीक्षण गरी पुनः चितवनको भरतपुरमा स्वाब परीक्षणका लागि पठाइएको थियो ।  

थाहानगरका १९ सहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्डमा रहेका कुल ४७ जनाको पुनः स्वाब परिक्षणको लागि भरतपुर पठाईएको थियो ।