Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका सबै वडामा काँग्रेसको विरोध प्रदर्शन (हेर्नुहोस् कुन वडामा कुन नेता खटिँदै)

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले ८ माघमा वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

यस अन्तर्गत मकवानपुर थाहा नगरपालिकाको पनि १२ वटै वडामा प्रदर्शन सहित कोण सभाको कार्यक्रम रहेको नगर सभापति योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । 

वडा–वडामा हुने कार्यक्रममा नेताहरुले जिम्मेवारी लिएका छन् । उनीहरुलाई नेपाली काँग्रेस मकवानपुरले प्रतिनीधिको रुपमा तोकेको हो । यसरी तोकिनेहरुमा, वडा नम्बर १ मा टेकनाथ शिवाकोटी, २ मा उमा दाहाल, ३ मा प्रमोद जोशी,, ४ मा सुजन गोपाली, ५ मा गणेश भेटवाल, ६ मा  पवित्रा महत्त, ७ मा योगेन्द्रमान श्रेष्ठ, ८ मा खड्ग गोपाली, ९ मा जयराम लामिछाने, १० मा इश्वरनाथ पौडेल, ११ मा कृष्णभक्त श्रेष्ठ र १२  मा ज्ञानबहादुर डिमडुङलाई जिल्ला सचिवालयले प्रतिनीधि तोकेको सभापति श्रेष्ठले जानकारी दिए । 

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ । अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।

नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०