nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका राधाकृष्ण विष्ट प्रदेश सदस्य उमेदवार सिफारिस

radha-1662903881.jpg

मकवानपुर–२ (क)बाट प्रत्यक्षतर्फ चुनाव लड्न थाहा नगरका राप्रपा नेपालका नेता राधाकृष्ण विष्ट सिफारिस भएका छन् । उनीसँगै सुजेन्द्र ठकुरी र चन्द्रमान लामा पनि उमेदवार सिफारिस भएका छन् मकवानपुर –२ (ख ) बाट प्रत्यक्ष तर्फ चुनाव लड्न नेता बैकुण्ठ सुवेदी, रामु रिजाल र सरोज गुरागाँई लाई राप्रपा नेपालले सिफारिस गरेको छ ।

प्रदेश २ को आसन्न निर्वाचनमा प्रतिनिधिसभाका लागि मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ चुनाव लड्न राप्रपा नेपालले महामन्त्री राजाराम बर्तौलालाई सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर–२ को प्रतिनिधिसभा सदस्य पदका लागि महामन्त्री बर्तौलालाई उम्मेदवारको निमित्त राप्रपा नेपाल मकवानपुरले सर्वसम्मत सिफारिस गरेको हो ।

राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर –२ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए । साथै बैठकले प्रदेशको प्रत्यक्ष उम्मेदवारको रुपमा विभिन्न व्यक्तिहरुलाई सिफारिस गरेको छ ।

बैठकले प्रदेशसभा तर्फ मकवानपुर –१ (क) बाट प्रत्यक्ष तर्फ चुनाव लड्न नेता राजाराम अर्याल, बद्री कुँवर र कमल बिडारीलाई सिफारिस गरेको छ ।  मकवानपुर– (ख) बाट प्रत्यक्षतर्फ चुनाव लड्न नेता दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ र अर्जुन ढुंगानालाई सिफारिस गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)