Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका मेयर विष्टले रोपाई गरे [हेर्नुहोस् फाेटाे, थाहानगरमा यसरी मनाइयो धान दिवस]

असार १५ अर्थात् धान दिवस । १५ गते दही–चिउरा खाने दिनको रूपमा पनि परिचित छ । देशभर धान दिवस रोपाइँ गरेर मनाइँएको छ । मानो रोपेर मुरी उब्जाउने महिनाको रूपमा परिचित यो असार महिना हो । कृषिप्रधान हाम्रो मुलुकमा धान दिवसको आफ्नै महत्त्व छ ।

यस अवसरमा किसानका साथै नेता, कलाकारलगायतले रोपाइँमा सहभागी भएर हिलो खेल्ने चलन पनि छ । धान दिवसलाई औपरचारिकता मात्रै नभई उपलब्धिमूलक बनाउनु पर्ने सर्वत्र आवाज पनि उठिरहेको छ । थाहा नगरपालिकाको बज्रवाराहीमा साना किसान कृषि सहकारी स.सथाको आयोजनजामा भएको कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट सहित जनप्रतिनीधिहरुले पनि रोपाई गरेका छन् । कार्यक्रममा ६ नं. वडा अध्यक्ष शशीधर सुवेदी तथा सहकारीका पदाअधिकारी र शेयर सदस्यको समेत उपस्थिती रहेको थियो ।

हेर्नुहोस् तस्वीरहरु: