nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरका महेश्वर सुवेदी र बरिना बल एमालेकाे प्रदेश कमिटीमा

IMG_20210930_171254-1633001444.jpg

नेकपा एमालेले १४ असाेजमा पूर्णता दिएकाे बागमती प्रदेश कमिटीमा थाहानगरका दुईजना परेका छन् । एमालेकाे ४७७ सदस्यीय प्रदेश कमटीमा थाहानगरका महेश्वर सुवेदी र बरिना बल सदस्यमा रहेका हुन् । 

सुवेदी एमालेकाे यसअघिकाे प्रदेश कमिटीमा पनि सदस्य रहेका थिए । बल हालै माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेकी हुन् । उनी माओवादीकाे ३९९९ सदस्यीय केन्द्रीय समितिमा सदस्य थिइन् । 

२०७० सालमा संविधान सभा सदस्य निर्वाचित सुभाषचन्द्र   ठकुरीकाे नाम पनि प्रदेश कमटी सदस्यकाे सूचीमा छ । बरिना बलसँगै एमाले प्रवेश गरेका दिलबहादुर घिसिङ पनि प्रदेश सदस्य भएका छन् । 

प्रदेश कमिटीकाे इन्चार्जमा रामबहादुर थापा बादल रहेका छन् । 

हेर्नुहोस, सबै नामावलीः

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)