Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका नेकपा नेता विष्ट प्रदेश-३ सचिवालयमा चयन

मकवानपुर थाहा नगरपालिकाका निवासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विष्णु विष्ट 'आदर्श' प्रदेश ३ सचिवालय सदस्यमा चयन भएका छन् । थाहा नगरपालिका वडा नम्बर ३ मा जन्मनु भएका नेता विष्ट लामो समयदेखि राजनीतिमा सक्रिय छन् ।

नेता विष्टलाई ७ कार्तिकमा बसेको नेकपाको प्रदेश-३ कमिटिको बैठकले सचिवालय सदस्यमा चयन गरेको हो ।   तत्कालिन माओवादी द्वन्द्धकालबाटै राजनीतिमा सक्रिय नेता विष्ट नेकपाका लोकप्रिय नेता हुन् । उनी थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार पनि हुन् । 

बैठकले मकवानपुरका नेकपा नेता अनन्त पौडेललाई संगठन विभाग प्रमुखमा चयन गरेको छ भने नेताहरु कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामीलाई प्रदेश सचिवालयमा चयन गरेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०