Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका दुई नेताले पाए इन्चार्जको जिम्मेवारी

BM-1583847982.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटिले इन्चार्जहरु टुंगो लगाएको छ । नेकपा बागमती प्रदेश बैठकले मकवानपुरको संघिय क्षेत्र तर्फ प्रतिनिधिसभा क्षेत्र नंबर १ का रामचन्द्र राई तथा क्षेत्र नंबर २ मा विष्णु विष्ट 'आदर्श'लाई जिम्मेवारी दिएको छ । विष्ट थाहा नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् ।

त्यसैगरि प्रदेशतर्फ क्षेत्र नंबर १ (क) मा सर्केश घलान, क्षेत्र नंबर १ (ख) रघुनाथ खुलालले इन्चार्जको जिम्मेवारी प्राप्त गर्दा क्षेत्र नंबर २ (क) मा भीम पाख्रिन तथा (ख) मा महेश्वर सुवेदीलाई चयन भएका छन् ।  सुवेदी थाहा नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।