Thursday, 22nd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहानगरः मत सङ्ख्यामा एमाले पहिलो, माओवादी र काँग्रेसपछि स्वतन्त्रको मत बढी(तालिकासहित)

Mat-bar-thahanagar-1653118226.jpg

स्थानीय तह निर्वाचन, २०७९ अन्तर्गत् थाहा नगरपालिकामा ३० बैशाखमा सम्पन्न निर्वाचनमा मत सङ्ख्याको आधारमा नेकपा एमाले पहिलो ठूलो दल देखिएको छ । नगरका १२ वटा वडाहरुमा वडा अध्यक्षहरुले पाएको कूल मत सङ्ख्याको आधारमा  एमाले थाहाको सबै भन्दा ठूलो दल देखिएको हो ।

एमालेले थाहा नगरका १२ वटै वडामा गरी वडा अध्यक्षमा कूल ७३७० मत ल्याएको छ । नेकपा माओवादी केन्द्रको मत एमालेको भन्दा ४०० कम छ । माओवादीका वडा अध्यक्ष उमेदवारहरुले नगरभरिबाट ६९७० मत ल्याएका थिए । सो पार्टीले वडा नम्बर १२ मा वडा अध्यक्षको उमेदवार खडा गरेको थिएन ।

त्यस्तै थाहामा नेपाली काँग्रेसका वडा अध्यक्षहरुले प्राप्त गरेको कूल मत ५५२८ रहेको छ । वडा नम्बर ३ मा वडा अध्यक्ष उमेदवार नरहेको काँग्रेस मत सङ्ख्याको आधारमा नगरमा तेस्रो स्थानमा रहेको छ । 

तालिकामा हेर्नुहोस् मत सङ्ख्या :

वडा अध्यक्षहरुले पाएको मत हेर्दा अन्य दलका वडा अध्यक्षहरुले पाएको मत भन्दा स्वतन्त्र उमेदवारको मत बढी रहेको छ । वडा नम्बर ८ बाट उमेदवारी दिएका टिकाराम रुम्बाले ल्याएको मत अन्य पार्टीका वडा अध्यक्ष उमेदवारको भन्दा बढी छ । उनले ४८५ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाले ४६४, नेकपा एकीकृत समाजवादीले ३३४, राप्रप्राले १३५, मंगोल नेशनल अर्गानाइजेशनले ४४, जनता समाजवादी पार्टीले १५ र नेपाः राष्ट्रिय पार्टीले २ मत पाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg