Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरः पर्यटन प्रवद्र्धन गर्न दुई जिल्लाको छिमेकी स्थानीय तहको यस्तो छ, साझा प्रतिवद्धता

मकवानपुरको थाहा नगरपालिका थाहानगरमा भएको काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको स्थानीय तहको प्रमुख एवं प्रतिनिधिको  छलफलले एकीकृत रुपमा दुई जिल्लाको पर्यटन विकास र प्रवद्र्धन गर्ने प्रतिवद्धता जुटेको छ । 

होटल सुनगाभामा भएको छलफलबाट भएको साझा निर्णयमा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, उपमेयर खड्ग गोपाली, कीतिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उमपेयर सरस्वती खड्का, दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङ, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, कीर्तिपुर नगरिपालिकाका पर्यटन विकास समितिका संयोजक रमेशमान ढंगोल र थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले हस्ताक्षर गरेका छन् । साझा धारणामा काठमाण्डौं र मकवानपुर जिल्लाको नजिकको छिमेकी स्थानीय तह चन्द्रागिरी, कीर्तिपुर, दक्षिणकाली, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्रको विकास गरी सामुहिक रुपमा पर्यटन विकास गर्न साझा अवधारणा बनाउने र त्यसको विकासको लागि आवश्यक छलफल गर्न आगामि दिनमा सामुहिक बैठक बसी पर्यटन कार्यदल बनाउने निर्णय भएको छ । छलफलले कीतिपुर नगरपालिकाका मेयर रमेश महर्जनलाई संयोजक तोकिएको छ  ।

छलफलमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले कार्यलय संचालन, योजना संचालन अनुगमन तथा व्यवस्थापनको विषयमा प्रस्तुतिकरण गरेका थिए भने यन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले आफ्नो गाउँपालिकाको पर्यटन विकासको संभावना र हालको अवस्थाको विषयमा जानकारी गराएका थिए । अध्यक्ष लामाले इन्द्रसरोवर गाउँपालिका दक्षिणकाली, चन्द्रागिरी, कीर्तिपुर र थाहा नगरपालिकासंग जोडिएको गाउँपालिका पर्यटन विकासको लागि योजना बनाइरहेको उललेख गरे । उनले–‘तनाब व्यवस्थापनको लागि समेत इन्द्र सरोवर आउनुस्,।’ इन्द्रसरोवर प्रदेश ३ को पर्यटकीय गन्तव्य घोषणा भएको गाउँपालिका हो । थाहा नगरपालिकाका मेयर लवशेर विष्टले देशमा आएको पटक पटकको परिवर्तन भन्दा अबको जनप्रतिनिधिले देखिने र भेटिने खालको विकास गर्नुपर्ने जिम्मेवारी भएको बताए । उनले एक स्थानीय तहले गरेको अनुकरणीय काम अर्को स्थानीय तहले सिकेर जनतालाई कुनैपनि हिसाबले परिवर्तनको आभाष दिलाउनुपर्ने बताए । विष्टले थाहानगरमा भएको छलफलले कुनै न कुनै हिसाबमा स्थानीय तहहरुबीचको सिकाइमा बढोत्तरी भएको उल्लेख गरे । थाहानगरको दामन संघीय सरकारबाट प्रदेश ३ को पर्यटकीय गन्तव्य र प्रदेश सरकारबाट ‘दामन घुमफिर वर्ष २०७५’ घोषणा भएको छ ।

दक्षिणकाली नगरपालिकाकी उपमेयर बसन्ती डंगोल तामाङले आफ्नो नगरपालिकाको पर्यटन विकासको विषयमा जानकारी गराउँदै स्थानीय तहहरुबीच सहकार्य भएमात्र पर्यटन प्रवद्र्धन र नागरिकलाई आयआर्जनसंग जोड्ने बाटो सहज बनाउन सकिने धारणा राखिन् । उनले मकवानपुर र काठमाण्डौंको पाँच स्थानीय तहबीच सहकार्य गरेर अघि बढ्न सके पर्यटन विकासमा ठूलो फड्को मार्न सकिने उल्लेख गरीन् । उनले भनिन्–‘हातको पाँच औला भएपछि हत्केलाको महत्व हुने बताउँदै हर काम गर्न सक्षम भइनेछ, हामी पाँच स्थानीय तहको भूमीका यहि हुनेछ ।’ कीर्तिपुर नगरपालिकाका मेयर रमशे महर्जनले आफ्नो स्थानीय तहमा पर्यटन गुरुयोजना निर्माण भइरहेको सन्दर्भमा थहाानगरबाट उल्लेख्य सिकाइ भएको बताए । उनले पर्यटन विकासको लागि आगामि दिनमा एक अर्को स्थानीय तहबीच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । 

कार्यक्रममा कीर्तिपुर नगरपालिकाकी उप मेयर सरस्वती खड्का, पर्यटन विकास समिति संयोजक रमेशमान डंगोल, पर्यटन विज्ञ तारालाल श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा थाहा नगरपालिकाका नेपाल कम्युनिष्ट पार्टीका विष्णु विष्ट, राजु नापित, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सह कोषाध्यक्ष हरिकृष्ण कार्की तथा विभिन्न स्थानीय तहका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित भएका स्थानीय तहका जनप्रतिनीधिहरुलाई थाहा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतलगायतले माला लगाएर स्वागत गरेका थिए ।

 

 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०