nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको विकास खबरपत्रिका सहित मकवानपुरका ८ पत्रिका ‘क’ वर्गमा

प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७१÷०७२ को वर्गिकरण नतिजा प्रकाशन गरेको छ । १७ पौषमा प्रकाशित नतिजा अनुसार मकवानपुरको उत्तरी क्षेत्रबाट प्रकाशन भइरहेको विकास खबर पत्रिका साप्ताहिक ‘क” वर्गमा वर्गिकृत भएको छ । विकास खत्ररपत्रिका वि.सं. २०६४ सालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विधिवत् रुपमा दर्ता भई प्रकाशन भइरहेको साप्ताहिक पत्रिका हो ।  विकास खबरपत्रिका दुईवर्षदेखि अनलाईनमा समेत पढ्न सकिन्छ । विकास खबरपत्रिकालाई यो अवस्थासम्म पु¥याउनको लागि सहयोग गर्ने पाठक, शुभचिन्तक, विज्ञापनदाता, पत्रकार, सम्पर्ण सरोकारवालाहरुलाई पत्रिका परिवारले धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेको छ ।

विकास सहित मकवानपुरका ८ वटा पत्रिका ‘क’ वर्गमा वर्गिकृत भएका छन् । मकवानपुरका ‘क’ वर्गमा वर्गिकृत हुने पत्रिकाहरुमा राष्ट्रियतर्फ हाम्रो मातृभूमी त्रैमासिक राष्ट्रिय र राष्ट्रिय अक्षय अक्षर त्रैमासिक छन् । त्यस्तै क्षेत्रियतर्फ हेटौंडा सन्देश दैनिक मात्र ‘क’ वर्गमा वर्गिकृत भएको छ भने स्थानीयमा साझकुरा र सम्वृद्ध समाज दैनिक ‘क’ वर्गमा वर्गिकृत भएको छ । साप्ताहिक पत्रिकातर्फ स्थानीय ‘क’ वर्गमा वर्गिकृत हुने पत्रिकाहरुमा थाहानगरबाट प्रकाशित हुने विकास खबरपत्रिका, हेटौंडाबाट प्रकाशित हुने जनता जिन्दावाद र नेवारी भाषाको पत्रिका हेटौंडा वापौ रहेका छन् । 

प्रकाशित नतिजा अनुसार १३ वटा पत्रिका ‘ख’ वर्गमा परेका छन् । नतिजा अनुसार लोक भावना क्षेत्रिय ‘ख’ वर्गमा परेको छ भने स्थानीयतर्फ निकास साप्ताहिक ‘ख’ ताम्सालिङ काअी ‘ख’, प्रयास साप्ताहिक ‘ख’, मध्यस्थता ‘ख’, मिसाइल पाक्षिक ‘ख’,  नारायणी एक्सप्रेस दैनिक ‘ख’, प्रदेश दैनिक ‘ख’,  थाहा सन्देश ‘ख’,  थाहादर्शन साप्ताहिक ‘ख’, सहीखबर ‘ख’, सक्रिय साप्ताहिक ‘ख’, साम साप्ताहिक ‘ख’ वर्गमा वर्गिकत भएकाछन् । त्यस्तै विचित्र साप्ताहिक ‘ग’, नमस्कार साप्ताहिक ‘ग’ र सर्वसिर्जन मासिक ‘ग’ वर्गमा वर्गिकृत भएकाछन् । मकवानपुरको हेटौंडा टुडे दैनिक स्थानीय घ’ वर्गमा वर्गिकृत भएको छ । मकवानपुरको हेटौंडा टाइम्स र हेटौंडा खबरपत्र हुबहुमा परेको छ ।

प्रेस काउन्सिलले आ.व. २०७१।७२ को बर्गीकरणको लागि आवेदन दिने ९१० वटा पत्रपत्रिकाहरुको मूल्यांकन गरी वर्गीकरणको नतिजा प्रकाशन गरिएको जनाएको छ । आवेदन दिने पत्रपत्रिकामध्ये ८३३ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन् भने ७७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् । वर्गीकरणको नतिजामा चित्त नबुझेमा पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ र सोको लागि २१ दिनको म्याद तोकिएको छ । 

 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)