nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 9th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका उपमेयर गोपालीले धन्यवाद दिए च्वाइस नेपाललाई

bidai-1654085152.jpg

थाहानगरको शिक्षा, स्वास्थ्य, खानेपानी, जीविकोपार्जन, लघुउद्यमशीलता लगायतको क्षेत्रमा सहयोग गर्दै आइरहेको च्वाइस नेपालको कार्यप्रति थाहा नगरपालिकाका नवनिर्वाचित उपमेयर भरत गोपालीले धन्यवाद दिएका छन् ।

थाहाको जनकल्याण माविमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपमेयर गोपालीले थाहानगरपालिकाको विकासमा च्वाइसको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गरे ।

च्वाइस नेपालमार्फत् जनकल्याण माविमा आइपुगेका २० अमेरिकी र २ स्पेनी गरी २२ जनाको स्वयम्सेवी टोलीलाई विदाइ कार्यक्रमको आयोजना गरिएको थियो । उनीहरुले जनकल्याण माविको निर्माण हुन लागेको भवनको जग खन्ने कार्यमा श्रमदान गरेका थिए । 

आज १८ जेठमा विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिवकुमार स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयले स्वयंसेवी पाहुनाहरुलाई मायाको चिनो प्रदान गरेको थियो भने पाहुनाहरुले विद्यालयलाई शैक्षणिक क्रियाकलापमा उपयोगी सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा च्वाइस नेपालका राष्ट्रिय कार्यकारी निर्देशक प्रतिक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपाने, थाहा नगरपालिकाका नगर शिक्षा अधिकारी शोभाकर रेग्मी, वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी, वडा नम्बर ४ का वडाध्यक्ष नारायण लामा लगायतको उपस्थिति रहेको थियो । 

यो पनि पढ्नुहोस् अमेरिकाका डाक्टरहरु थाहानगरमा विद्यालयको जग खन्दै



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)