nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहनगरमा बाणिज्य विभागको सचेतना गोष्ठी

वाणिज्य आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागको आयोजनामा मकवानपुर थाहानगरको विकास घरमा उपभोक्ता व्यवसायी सचेतना सम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय उपभोक्ता मञ्ज थाहानगर समितिको व्यवस्थापनमा गोष्ठी भएको हो । 

थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा वाणिज्य आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका शाखा अधिकृत हरि प्रसाद दाहालले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । गोष्ठीमा उपभोक्ताका तर्फबाट राष्ट्रिय उपभोक्ता मञ्च थाहानगरका अध्यक्ष प्रमोदकृष्ण जोशी, विभागका तर्फबाट वाण्ज्यि आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका शाखा अधिकृत रमेश प्रसाद रिजाल र वाणिज्य आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका शाखा अधिकृत हरि प्रसाद दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । 

राष्ट्रिय उपभोक्ता मञ्च थाहानगरका अध्यक्ष जोशीको कार्यपत्रमा थाहा नगरपालिकामा अत्याधिक मात्रामा बेमौसमी तरकारी उत्पादन हुने गरेको भएता पनि कृषकहरुले आफूले उत्पादन गरेके कृषि उपजको उचीत मूल्य नपाएको विषयलाई प्राथमिकतामा राखेका थिए । जोशीले यसतर्फ आपुर्ति विभाग लगायतका सस्थांहरुको ध्यानाकर्षण गराए । उनले आफ्नो कार्यपत्रमा थाहानगर एक प्रतिनिधि पात्र मात्रै भएकोले देशैभरका विभिन्न क्षेत्रमा यस्ता विषयहरुमा आपुर्ति विभागको ध्यान दिन आवश्यक रहेको औल्याए । 

विभागका वाणिज्य आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका शाखा अधिकृत रमेश प्रसाद रिजालले उपभोक्ताका अधिकार, दायित्व, पैठारीकर्ताको दायित्व, बिक्रेताको दायित्व, सञ्चयकर्ताको दायित्व, सेवा प्रदायकको दायित्व लगायतका बिषयमा केन्द्रीयत कार्यपत्र प्रस्तुत गरे भने वाणिज्य आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका शाखा अधिकृत दाहालले उपभोक्ताका अधिकार सरंक्षणका लागि सस्थांगत व्यवस्थाहरु, उपभोक्ता सरंक्षण परिषद, केन्द्रिय बजार अनुगमन समिती, प्रदेश वजार अनुगमन समिती, स्थानिय वजार अनुगमन समिती, वजार अनुगमन टोलीहरुको भुमिकामा केन्द्रित कार्यपत्र प्रस्तुत गरे । 

वाणिज्य आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका निर्देशक शोभाकर रेग्मीको सभाध्यक्षमा सम्पन्न गोष्ठीमा कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, थाहानगर उद्योग वाण्ज्यि सघंका अध्यक्ष कविराज खत्री, उपभोक्ता हित सरंक्षण मञ्च मकवानपुरका सदस्य गणेशमान श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए । 

कार्यक्रममा वाणिज्य आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका निर्देशक शाखा प्रमुख हरिप्रसाद दाहाल, रमेशप्रसाद रिजाल, थाहा नगरपालिकाका प्रशासन प्रमुख अनिल लामिछाने, स्वास्थ्य शाखा प्रमुख मेघराज वलामी, थाहा नगरपालिका ३ का वडा अध्यक्ष राजेश के सी, थाहा नगरपालिका ४ का कार्यवहाक वडा अध्यक्ष नारायण लामा, थाहा नगरपालिका ६ का वडा अध्यक्ष शशिधर सुवेदी, थाहानगर उद्योग वाण्ज्यि सघंका अध्यक्ष कविराज खत्री, राष्ट्रिय उपभोक्ता मञ्च थाहानगर कमिटिका अध्यक्ष प्रमोद जोशी, ईलाका प्रहरी कार्यालयका प्रमुख लोकबहादुर गरुङ, थाहानगरका उपभोक्ता व्यवसायी कृषक विद्यार्थी लगायत १ सय ५० बढिको सहभागिता रहेको थियो ।