Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

त्रिभुवन राजपथको विषयमा मन्त्री त्रिपाठीले यस्तो प्रतिक्रिया

Mantriiiiiiiiiiiiiiii-1580779872.jpg

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन राजपथको क्षेत्राधिकारलाई  पुर्नविकास गर्न सकिने बताएका छन् । 

त्रिभुवन राजपथको औचित्य कहिल्यै अन्त्य नहुने बताउँदै तराई मधेशसंग पुरानो सम्बन्ध भएको यस राजपथ आफैमा पूर्वाधार मात्र नभई सामाजिक तन्तुको रुपमा रहेकोले यसको विकासका लागि आफू सकारात्मक रहेको बताए । उनले यो सडक मुलुककै पुरानो मात्र नभई भावनात्मक सम्बन्ध भएको सडक पूर्वाधार भएको बताए । थाहा नगरपालिकाको छैठौं नगरसभालाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् । 

थाहा नगरपालिका कृषि उत्पादनको उर्वर भूमीको रुपमा रहेको चर्चा गर्दै मन्त्री त्रिपाठीले भने–‘उत्पादकले आफ्नो उत्पादनको मुल्य निर्धाण गर्छ तर किसान त्यस्तो हो जसले आफ्नो उत्पादनको मुल्य निर्धारण गर्न पाउँदैन, त्यसैले उत्पादक र उपोभाक्ता मार खाने भनेकै कृषिमा    हो । त्यसकारण कृषिमा नीति तथा योजना तर्जुमा गर्दा यो विषयलाई केन्द्रमा राखेर योजना निर्माण गर्नुपर्छ ।’

थाहा नगरपालिकाको लागि मन्त्रालयबाट हुने सहयोग सँधै हुने प्रतिवद्धता व्यक्त गर्दै उनले कर्मचारी अभावको समस्या आफूले बुझेको बताउँदै प्राविधिक कर्मचारी झन बढि खाँचो भएको स्वीकार गरे । जुन स्थानीय तहले लोकसेवामा कर्मचारी माग गरे उसले राख्नै पर्छ, अन्यथा उसको अनुदान लगायतको कुरामा असर पर्ने उनको भनाइ छ । आफ्नो सुविधा अनुसार कर्मचारी    राख्न खोज्ने प्रविृत्तिमा केमेस्टी मिलाउन खोज्ने स्थानीय तहहरुको अर्को बाटो भएको खुलासा गर्दै भने–‘तपाइ हामीले बुझेकै छौं केमेष्टी मलेसी के हुन्छ ?’ प्रतिप्रश्न गरे ।

नगरसभा उद्घाटन सत्रका प्रमुख अतिथी समेत रहेका मन्त्री त्रिपाठीले विश्वमै स्थानीय तहको अभ्यासमा नेपालका स्थानीय तहहरुले असाधारण अधिकार पाएको बताए । उनले असाधारण अधिकार पाएपछि असाधारण काम गरेरै देखाउन अनुरोध गरे । इतिहाँसमै तीन पालिकासहितको स्थानीय तह भएको यो अधिकार प्रक्षेपन गरिरहँदा उनीहरुको क्षमता विकासमा भने कमी भएको     औल्याए । क्षमता विकासको कमीकै      कारण स्थानीय तहले अधिकारको अनुपातमा  काम गर्न नसकेको उनको भनाइ थियो । स्थानीय तहहरुको तुलनामा थाहा नगरपालिका अरु धेरै स्थानीय तहहरुका लागि सिकाइको केन्द्र भएको मन्त्री त्रिपाठीको भनाइ थियो । स्थानीय तहलाई राजनीतिक अर्थात जनप्रतिनीधिले मात्र   राम्रो बनाउन नसक्ने बताउँदै प्रमुख प्रशासकीय अधिकृतको पनि ठूलो योगदान हुने चर्चा गरे । एक अर्को प्रसंगमा मन्त्री त्रिपाठीले जनप्रतिनीधिहरुमा जबसम्म शासकीय मनोविज्ञान रहन्छ तबसम्म विकास र अरु राम्रा काम हुन नसक्ने ठोकुवा गरे । उनले मुलुक केन्द्रीयताबाट संघीयतामा नआएको बताउँदै निरंकुशताबाट संघयतामा आएको बताए । स्थानीय तह र प्रदेशको काममा कहिल्यै संघीय सरकारले हस्तक्षेप नगर्ने उनको प्रतिवद्धता थियो । उनले भने–‘हस्तक्षप नभई तीनै तहका सरकारबीच सहकार्य भए मात्र संघीयता सफल हुन्छ ।’

राष्ट्रिय सभा सदस्य तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले अहिले सम्पूर्ण अधिकारसहितको स्थानीय तह संघीयताको अभ्यासमा रहेको हुँदा विकास कार्यको जस र अपजस स्थानीय तहले पाउने बताए । उनले आफूलाई आवश्यक पर्ने ऐन कानून निर्माणको समेत अधिकार स्थानीय तहमा भएको हुँदा विकासका खाका तयार गरी कानूनी रुपमै राम्रा काम गर्न सक्ने उल्लेख गरे । थाहा नगरपालिकाको मुख्य विकासको ढोका चित्लाङ चन्द्रागिरी सडक भएको हुँदा त्यसलाई पूरा गर्नको लागि सबै एकजुट हुनुपर्ने धारणा राखे ।

मकवानपुर २ नम्बर निर्वाचन क्षेत्रका प्रतिनीधि सभा सदस्य विरोध खतिवडाले  चालु आर्थिक वर्ष भित्रै चित्लाङ     चन्द्रागिरी सडक सुचारु हुने बताए । आफूले थाहानगरको विकासका लागि संघीय सरकारको तर्फबाट गर्न सकिने विकासे कामलाई प्राथिमकतामा राखेको बताउँदै भने–‘पहिले चित्लाङ चन्द्रागिरीको बाटो खुल्छ त्यही हो, हाम्रो सम्वृद्धिको ढोका ।’ भौगोलिक अवस्थाले पनि थाहानगरका लागि पुलहरुको आवश्यकता रहेकोे हुँदा यसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत विभिन्न कमममहरु हुनेमा विश्वस्त रहन अनुरोध गरे । ३ नम्बर प्रदेशकै पर्यटकीय केन्द्रको रुपमा रहेको इन्द्रसरोवर र त्यसको आसपासमा रहेको चित्लाङ, दामनलगायतको क्षेत्रको विकासका लागि सरकार जहिल्यै तयार रहेको उनको भनाइ थियो । 

नेकपा बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्टले अब आश्वासनले मात्र विकास नहुने बताउँदै फिल्डमै उत्रेर विकासको काम अघि बढाउनुपर्ने बताए । बजेट विनियोजन पहुँचको भरमा नभएर भौगोलिक विकटता, क्षेत्रफल, स्रोत साधनको पहुँच लगायतका कुराहरुलाई सुचक मानी बजेट विनियोजन हुनुपर्ने बताए । मुलुकमा कार्यान्वयनमा रहेको संघीयताको मर्म पनि समावेशी विकास भएकोले संघ, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गर्दा यहि कुरालाई ध्यानमा रहखेर विनियोजन गर्न सुझाव दिए । नेपाली काँग्रेस थाहानगरका सभापति योगेन्द्रमान श्रेष्ठले आफूहरु राजनीतिक संयन्त्रमा हुँदा स–साना बजेट विनियोजन गर्दै विकासका योजनाहरु संचालन गर्दै आएको स्मरण गर्दै अहिले स्थानीय तह गठन भई जनप्रतिनीधि आइसकेको अवस्थामा पनि विकासले गति लिन नसकेको बताए । जनप्रतिनीधि माथि नागरिकले ठूलो आशा र अपेक्षा राखेकोमा त्यसलाई पूरा गर्नका लागि जनप्रतिनीधिहरु उदासिन देखिएको बताए । नागरिकहरुको अपेक्षा धेरै भउको अवस्थामा त्यसलाई पूरा गर्ने दायित्व जनप्रतिनीधिकै भएको बताए । 

थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले नगरको विकासका लागि उद्योग वाणिज्यसंघ जहिल्यै सहकार्य गर्न तयार रहेको बताए । नगरपालिका गठन भएको ३० औं वर्षसम्म पोखराले सम्पत्ती कर लागू गर्न नसकिरहेको सन्दर्भमा थाहामा स्थापनाकै आर्थिक वर्षबाट शुरु गर्न सक्षम हुनुमा उद्योग वाणिज्य संघको भूमिका रहेको सुनाए । थाहा नगरको आन्तरिक आय वृद्धिका लागि उद्योग वाणिज्य संघको ठूलो योगदान रहेको बताउँदै त्यसको कार्यान्वयनमा नगरपालिका केही फितलो भएको बताए । नीति कार्यान्वयनका लागि पनि उद्योग वाणिज्य संघ सहकार्य गर्न तयार रहेको बताउँदै व्यवशायीको वर्गिकरणका आधारमा कर संकलन गर्न सुझाव दिए । उनले त्रिभुवन राजपथको क्षेत्राधिकारको विषयमा मन्त्रालय र सरोकारी निकायले छिट्टै टुङ्गो लगाइदिन आग्रह गरे । सधै राजपथको त्रासले यहाँको व्यवशायीहरुले निर्धक्क भएर लगानी गर्ने वातावरण नभएको बताउँदै यसलाई टुङ्गोमा पु¥याउन कार्यक्रमका प्रमुख अतिथी तथा संघीय मामिला तथा सामान्य पू्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई अनुरोध गरे ।

कार्यक्रमका अतिथी तथा सहभागिहरुलाई थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा शिक्षा समिति संयोजक शशीधर सुवेदीले स्वागत गरेका थिए । थाहा नगरपालिका प्रमुख लवशेर विष्टको सभाध्यक्षतामा भएको सभामा नगर उपप्रमुख खड्ग गोपालीले आर्थिक वर्ष २०७६/०७७ को संशोधित बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा  स्थानीय शासन विज्ञ भुवन प्रकाश विष्ट, नेकपा जिल्ला कमिटि सदस्य तथा थाहानगर सह–इन्चार्ज राजु नापित, लक्ष्मण विष्ट, नेकपा जिल्ला कमिटि सदस्यहरु इश्वरलाल रुम्बा, कल्याण विक्रम घलान,नेपाली काँग्रेस जिल्ला कमिटि सदस्य सुनमाया भोम्जन, नेकपा थाहानगर अध्यक्षअरुण रायमाझी, वडा अध्यक्ष तथा सदस्यहरु,  बागमती प्रदेश सहकारी संघका सदस्य विमलकुमार ढकाल, नेपाल बैंक लिमिटेड पालुङका प्रमुख यादब पौडेल, फरक सोच अभियानका अध्यक्ष यादवजंग रायमाझी, थाहानगर मिडिया एशोसियशन अध्यक्ष कुमार नेगीलगयतका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०