Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

तीन नम्बर प्रदेशमा दुई विधेयक प्रमाणीकरण

Anuradha-Koirala-1572518118.jpg

तीन नम्बर प्रदेशका प्रदेश प्रमुख अनुराधा कोईरालाले १४ कार्तिकमा दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।

प्रदेश प्रमुख कोईरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशसभाबाट केही हप्ताअघि पारित भइ आएको दुई वटा विधयेक प्रमाणीकरण गरेकी हुन् । उनले प्रदेशमा सूचना हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा सार्वजनिक, नीजि सहकारी तथा साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेकी प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले जानकारी दिए ।

ती दुबै विधेयकहरुलाई प्रमाणीकरण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले आवश्यक प्रकृया पुरा गरी प्रदेश प्रमुख सचिवालयमा १४ कार्तिकमै दर्ता गर्न पठाएका थियो ।