nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तीनै तहका सरकारलाई निर्वाचन आचारसंहिता लागू हुने

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई ८ कात्तिकदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ ।

आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता कात्तिक ८ गते शुक्रबारदेखि लागू हुने जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कात्तिक ८ गतेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले निर्वाचन प्रचार प्रसारका कार्यक्रम गर्न पाउने छैन ।

त्यस्तै चुनावका लागि भवन, सवारी साधन, अन्य सामग्रीको प्रयोग गर्न नहुने, आफू मातहतमा नयाँ पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नपाइने, सरुवा बढुवा गर्न र काज खटाउन नपाइने, विदेश भ्रमणमा जान नहुने आयोगले जनाएको छ ।

उम्मेदवारले भने निश्चित दिन तोकिएपछि प्रचास प्रसार गर्न पाउने छैनन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)