nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तीजको अवसरमा मुख्यमन्त्री पौडेलद्वारा शुभकामना व्यक्त 

dm-paude-1567399095.jpg

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

तीजको अवसरमा एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले  स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरे ।

मुख्यमन्त्री पौडेलले सन्देशमा भने–“ सभ्यता, संस्कृति र कलामा सयौं वर्ष अगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको छ । अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा यस प्रदेशमा रहेका छन् । बहु जाती भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ । ’

उनले तीन वटै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भइ “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने महान् उद्देश्य पूरा गर्न समन्वयकासाथ अघि बढि इतिहास रच्ने आधार बनाउन प्रतिवद्ध रहेको समेत बताए । मुख्यमन्त्री पौडेलले हरितालिका तीज पर्वले हामी सबैमा साँस्कृतिक तथा पारिवारिक, सामाजिक एकता र सम्वन्ध थप सुमधुर बनाउन सहयोय पुग्ने बिश्वास ब्यक्त गरेका छन् ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

dm-paude-1567399099.jpg