nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तिवारीको हत्यामा एमाले कार्यकर्ता मनाेज पुनकाे संलग्नता

Manoj-Pun-1482209920.jpg

५ पुस, भैरहवा । एमालेसम्वद्ध भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा देवदह नपा ६ का २८ वर्षीय मनोज पुन भन्ने पनोज बुढाको मगरको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले बताएको छ ।

सोमबार दिउँसो देवदहको खैरनी बजारमा तिवारी माथि गोली प्रहार गरिएको थियो । कोखामा गोली लागेका उनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

‘घटनाको अनुसन्धान गर्दा हालसम्म तिवारीको हत्यामा मनोज पुनको प्रत्यक्ष संलग्नता रहेको पाइएको छ’, रुपन्देहीका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले भने ।

पुनको तिवारीसँग पुरानो रिसइबी रहेको र ९ महिना अघि पनि पुनले तिवारीमाथि गोली प्रहार गराउनु (आक्रमण) अघि २० लाख रुपैयाँ फिरौती मागेको अनुसन्धानमा खुलेको छ ।

उनका अनुसार पुन यस भन्दा अघि पनि संगठित अपराध हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेको अनुसन्धानमा पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको र पुनको खोजी जारी रहेको पाण्डेले बताएका छन् ।

आरोपी मनोज मगर पुन विगतमा एमालेकै कार्यकर्ता थिए । उनी ४-५ वर्ष अघि सानोतिनो ठेक्कापट्टा गर्थे । र, गुण्डागर्दी (झैभगडा) गरेको आरोपमा प्रहरीले पक्राउ पनि गरेको थियो ।

उक्त घटनाको विषयमा इलाका प्रहरी कार्यालय बुटवलका तत्कालिन एक प्रहरी अधिकृतले घटनालाई सम्झिदै भन्छन्, ‘म इप्रका बुटवलमा कार्यरत रहँदा गुण्डागर्दी (झैझगडा) को आरोपमा पुनलाई पक्राउ गरेका थियौं । तर, पुन एमालेको कार्यकर्ता रहेको कारण त्यसबेला एमालेका स्थानीय नेताहरुले पीडितलाई दबाद दिएर घटनाको जाहेरी प्रहरी कार्यालयमा दर्ता नगराउने ‘वातावरण’ बनाइदिएपछि ४ दिनमै छुटे ।’

मनोज पुन एमालेको कार्यकर्ता रहँदा चन्दा असुली गर्थे । र, पार्टीमा रहेर चन्दा असुली गर्नु गलत रहेको भन्दै तिवारीले पुनको कार्यप्रति विरोध गर्दै आएका थिए । पुन चन्दा असुलीमा लिप्त भएको जानकारी पाएपछि पार्टी उनलाई निष्काशित गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

पार्टीको कारवाही गरेपछि पुनले तिवारीका कारण आफुलाई पार्टीले निकालिएको भन्दै रिसिइबी राख्न थालेको स्रोतले बतायो । र केही समयपछि पुन बैंकक गए । तर, उनको रीस मरेको थिएन ।

बैंककबाट आएर भारतको गोवा शहरमा बसेर शालिकराम चापागाई भन्ने व्यक्ति मार्फत ९ महिना (गत फागुन महिना) अघि उनले नै तिवारी माथि गोली प्रहार गर्न लगाएका थिए ।

उक्त समयमा तिवारीको हत्या गर्न मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली प्रहार गर्न खोज्दा गोली प्रहार नभएपछि उनीहरु घटनास्थलबाट फरार भएका थिए ।

त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्दै जादा घटनामा संग्लन शालिकराम चापागाई सहित ८ जना आरोपीलाई पक्राउ गरेका थियो तर, मुख्य नाईके मनोज पुन भारतमा रहेका कारण प्रहरीले हालसम्म पक्राउ गर्न नसकेको प्रहरी स्रोतले बताएको छ ।

तिवारीको हत्यापछि पुनले विदेशी नम्बरबाट देवदहको एक स्थानीय व्यक्तिलाई फोन सम्पर्क गरेर तिवारी हत्या आफुले गराएको जानकारी दिएका थिए । फोन आउने समयमा उक्त व्यक्ति इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासिनीसँगै थिए र सो संवाद डीएसपी मरासिनीले सुने ।

फोन आएको नम्बरको विषयमा प्रहरीले अनुसन्धान गर्दा उक्त फोन इन्टरनेटको प्रयोग गरी गरिएको पाइएको छ । अनलाइन खबरबाट