Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तामाङ राष्ट्रिय मुक्ति मोर्चाको विस्तारीत बैठक सम्पन्न 

नेकपा माओवादी केन्द्र निकट संगठन  तामाङ राष्ट्रिय मुक्ति मोर्चा मकवानपुरको विस्तारीत बैठक सम्पन्न भएको छ । मोर्चाका जिल्ला संयोजक लिलाकुमार घलानको अध्यक्षता साथै  पार्टी पोल्युटब्यूरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेम बहादु पुलामीको प्रमुख आथित्यता र मोर्चाका फ्याक्सन ईन्चार्ज कमान सिं पाख्रिन (पृथक) लगायतको आतिथ्यतामा बैठक संम्पन्न भएको हो । बैठकले जिल्ला स्थित १ उपमहानगरपालिका र १ नगरपालिका स्रँगै  ८ वटा स्थानीय तहकोे केन्द्रलाई केन्द्र  बिन्दु बनाएर कार्य विभाजन समेत गरेको छ ।

बैठकले आगामी सम्मेलनको लागि प्रत्येक स्थानीय तहमा प्रमुखहरु तोकेको छ । जसअन्र्तगत बाग्मतीमा जयबहादुर वाईवा बकैयामा राजकुमार थिङ ,हेउनपामा लिला कुमार घलान, भिमफेदीमा बेदबहादुर स्याङ्तान , ईन्द्रसरोवरमा  सुरज घिसिङ,मनहरीमा बाबुराम थिङ, राक्सीराङमा टेकबहादुर मोक्तान , थाहा नगरमा बिनोद लामा र तारा मोक्तान , लगाएतका रहेका छन् । 

कार्तिक ११ गते मोर्चाको जिल्ला सम्मेलनलाई केन्द्रबिन्दु बनाएर त्यस अगाडि नै गाँउपालिका सँगै नगरपालिका र उपमहानगरपालिकामा सम्मेलन सक्ने निर्णय लिएको समेत माओवादी केन्द्रका संञ्चार विभाग प्रमुख कमान सिं पाख्रीन (पृथक)ले जानकारी दिएका छन् । 

बैठकमा पार्टी कार्यालय सदस्य बलराम बल, ओम घलान ,प्रमिला लामा , जीवन गोले , रामहरी सुवेदी, मोर्चाका केन्द्रीय सदस्य लक्ष्मी पाख्रिन ,मानबहादुर लामा लगायतको उपस्तिथी रहेको थियो ।