nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

तामाङ जनप्रतिनिधिलाई सम्मान

accccccc-1500803504.jpg

गत बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको चुनावमा मकवानपुरका विभिन्न स्थानीय तहबाट प्रमुख पदमा विजयी भएका ६३ जना तामाङ जनप्रनिधिहरुलाई शनिबार नेपाल तामाङ घेदुङ मकवानपुरले स्वागत तथा सम्मान गरेको छ ।

नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष लिलाकुमार घलानको सभाध्यक्षतमा भएको जनप्रतिनिधिलाई सम्मान, स्वागत तथा परिचयात्मक कार्यक्रममा प्रमुख अतिथि र सभाध्यक्षले जनप्रतिनिधिलाई तामाङ संस्कृति झल्काउने गरि खादा र टोपी लगाईदिएर कार्यक्रम आयोजना गरिएको हो .

कार्यक्रममा बिषेश अतिथि नेपाल तामाङ घेदुङ भाषा तथा साहित्य संस्कृति विभाग प्रमुख काजिमान तामाङ , हेडौंडा उपमहानगरपालिकाको उपमेयर मिना लामा , बाग्मती गाँउपालिकाका अध्यक्ष सर्केस घलान , भिमफेदी गाँउपालिकाके अध्यक्ष हिदम लामा लगाएत विभिन्न वडाका तामाङ जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

मकवानपुरका विभिन्न स्थानीय तहमा जित हासिल गरेका १ जना उपमेयर,४ जना गाउँपालिका अध्यक्ष, ५ जना गाउँपालिका उपाध्यक्ष र ५३ जना वडा अध्यक्ष गरी जम्मा ६३ जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

मकवानपुरबाट हेटौंडा उपमहानगरपालिकामा उपमेयरका रुपमा मीना लामाले जीत हासिल गरेकी छिन् । त्यस्तै गाउँपालिका अध्यक्षहरुमा बाग्मती गाउँपालिकाबाट सर्केश घलान, ईन्द्रसरोवर गाउँपालिकाबाट जीवन लामा, भीमफेदी गाउँपालिकाबाट हिदम लामा, कैलाश गाउँपालिकाबाट टंकबहादुर मुक्तान विजयी भएका छन् ।

त्यस्तै उपाध्यक्षहरुमा बाग्मती गाउँपालिकाबाट धनमाया स्याङ्तान, ईन्द्रसरोवर गाउँपालिकाबाट उमाकुमारी लामा, कैलाश गाउँपालिकाबाट टंकबहादुर सुकुमाया थिङ, मकवानपुरगढी गाउँपालिकाबाट हर्कमाया रुम्बा र राक्सिराङबाट निर्मला हिमडुङ विजयी भएका छन् ।

वडा अध्यक्षहरुमा बाग्मती गाउँपालिकाबाटख ५ जना, बकैया गाउँपालिकाबाट ९ जना, ईन्द्रसरोवर गाउँपालिकाबाट २ जना, भिमफेदी गाउँपालिकाबाट ५ जना, थाहा नगरपालिकाबाट ५ जना, राक्सिराङ गाउँपालिकाबाटद ४ जना, मकवानपुरगढी गाउँपालिकाबाट ४ जना, हेटौंडा उपमहानगरपालिकाबाट ४ जना, कैलाश गाउँपालिकाबाट ९ जना र मनहरी गाउँपालिकाबाट ६ जना तामाङ जनप्रतिनिधिहरु चुनिएका छन् ।

      किरणमान वल  बाट 

accccccc-1500803561.jpg