Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तपाइको २०७७ साल: यस्तो छ राशिफल पढ्नुहोस्

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

व्यापार/व्यवसाय
शेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट निकै सफलता मिल्नेछ । खाद्यान्न व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाटपनि राम्रो प्रतिफल पाईनेछ । तर धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । श्रावण र मङ्सिर महिनामा हानी हुनेछ भने असार र कार्तिक महिनामा अधिक लाभ मिल्नेछ ।


प्रेम/सम्बन्ध
यो वर्ष प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतःप्रेममा सफलता प्राप्तिको योग छ । कसै कसैले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन् । आफन्तहरू ले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् ।

शिक्षा
स्वदेश तथा विदेश पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ । विज्ञान र शोध विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ, तर कार्तिक र पुष महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ ।

पेसा/रोजगार
नयाँ जागिरको अवसर मिल्नेछ र पदोन्नतिको सम्भावनापनि रहेकोछ । प्राविधिक क्षेत्रका पेसाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ ।

स्वास्थ्य
स्वास प्रस्वासमा समस्या आउन सक्नेछ । टाउको तथा आँखाको समस्यापनि बढ्नसक्छ । घर-परिवारको स्वास्थ्यमा खर्च बढ्नेछ ।

शुभ रङ्ग
रातो, गुलाबी र निलो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ३, ५ र ७ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक मंगलवार विघ्नहर्ता गणेशजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कमभई शुभ फल मिल्नेछ । प्रत्येक दिन निमुखा प्राणीलाई खानेकुरा दिने र मान्यजनको आशिर्वाद लिनुका साथै हनुमानजीको दर्शन / पूजागरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि गणेशजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायीक दृष्टिले एस वर्ष उत्कृष्ट फल मिल्नेछ । नयाँ लगानी र नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । शेयर बजारमा गरेको लगनीले सफलता दिलाउनेछ । बैंकिंग क्षेत्रमा गरेको लगानी लाभदायक हुनेछ । तर जग्गा जमीन र मेसेनरी वस्तुमा गरेको लगनीले सफलता नमिल्न सक्छ । शनि कमजोर भएकाले अनावस्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । व्यवसायीक दृष्टिले जेठ, भाद्र महिना फलदायी हुनेछैन ।

प्रेम/सम्बन्ध
प्रेमी / प्रेमिकाका घर परिवारबाट समर्थन जनाउनेछन् । तर शनि कमजोर भएका व्यक्तिहरूको भने प्रेममा केहि अफ्ठ्यारा परिस्थितीहरू सिर्जना हुनेछन् र पति-पत्नीबीच दुरि बढ्नेछ ।

शिक्षा
यो वर्ष शैक्षिकक्षेत्रबाट राम्रो प्रतिफल मिल्नेछ । विज्ञानका विद्यार्थीहरूलाई पढाई-लेखाईमा बाधा आउनेछ । इंजीनियरिंग विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । भाद्र र चैत्र महिनामा रोकिएको परीक्षा सजिलै उत्तीर्ण गर्न सकिनेछ ।

पेसा/रोजगार
नोकरीमा पदोन्नति गर्न सकिनेछ तर व्यवसायमा खासै राम्रो हुने योग छैन । बैदेशिक रोजगारमा लागेकालाईपनि समय त्यति राम्रो छैन, स्वदेश फिर्ता हुन सक्छ । सामाजिक तथा राजनैतिक क्षेत्रमा जनताको असमर्थताको सामना गर्नु पर्नेछ ।

स्वास्थ्य
यो वर्षमा पेट तथा वायु विकारको समस्या रहनेछ । घर परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । रक्तचापको समस्यापनि बढ्न सक्छ, अत: नियमित व्यायामको अभ्यासले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्छ ।

शुभ रङ्ग
सेतो, गुलाबी, हरियो, सुन्तला शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ४, ५, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक सोमवार शिवजीलाई जल चढाई दर्शन / पूजा गर्नाले ग्रहपीडा कम भई शुभ फल मिल्नेछ । सोमवार कालो पहिरन नगरेकै राम्रो हुन्छ । प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । आफ्नो जन्म दिनमा वृक्षारोपण गर्नेहरूलाई ग्रहपिडा कम भई अधिक सफलता मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

व्यापार/व्यवसाय
व्यापार वा व्यावसायीक दृष्टिले यो वर्ष शनि कमजोर भएकाले अनावस्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । इलेक्ट्रोनिक र घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बैदेशिक लगानीका लागि समय राम्रो छ । सेयर बजारमा भने त्यति राम्रो हुनेछैन । आर्थिक दृष्टिले साउन, भदौ र पौष महिना हानिकारक हुनसक्छ ।

प्रेम/सम्बन्ध
मित्रसँगको सम्बन्धमा उल्झन आउनेछ । घर परिवारमा हुने शुभ तथा मांगलिक कार्यले विग्रिएको पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, तर प्रेम सम्बन्धलाई परिवारले समर्थन गर्न गाह्रै पर्ला । आफन्तसंग पनि मन मुटाव बढ्न सक्नेछ ।

शिक्षा
शिक्षाको लागि यो वर्ष फलदायी नै रहेकोले राम्रो नतिजा पाईनेछ । पढाई-लेखईको लागि विदेश जाने योग छ साथै विद्या र बुद्धिको विकाश हुनेछ । विज्ञान र आई. टी.का विद्यार्थीहरूलाई पढाई-लेखईमा बढी सफलता मिल्नेछ ।

पेसा/रोजगार
यो वर्षको मध्यमा रोजगार वा व्यवसायको सुरुवात हुने राम्रो योग रहेकोछ । होटल तथा कूटनैतिक क्षेत्रका व्यक्तिहरू लाई निकै राम्रो हुनेछ ।

स्वास्थ्य
वर्षको सुरुमा र अन्त्यमा चोट पटक र हास्पिटल सम्मको यात्राको सामना गर्नुपर्नेछ । पारिवारिक स्वास्थयमा पनि खर्च बढ्नेछ । शीर्षपीडाका साथै नशा सम्बन्धी समस्या बढ्ने भएकाले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला ।

शुभ रङ्ग
हरियो, रातो, खैरो र पहेंलो शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ६ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
शनिवार शनिदेव तथा हनुमानजीको दर्शन / आरधना गरी गरेको कार्यबाट चमत्कारी लाभ मिल्नेछ । प्रत्येक शनिवार पिपलमा जल चढाउनाले र कागलाई खानेकुरा दिनाले ग्रहपिडा कम हुनेछ । वृक्षारोपण गर्नालेपनि ग्रहवाधा कमहुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

व्यापार/व्यवसाय
यो वर्षको पूर्वार्धमा फेन्सी, स्टेशनरी तथा सजावटिका व्यवसायीलाई राम्रो फाईदा हुनेछ । खाद्यान्न तथा कृषि क्षेत्रको व्यवसायबाटपनि धनार्जनगर्न सकिनेछ । शेयर बजारले सफलता दिलाउनेछ भने उत्तरार्धमा बैंकिंग कारोबारबाट अधिक फाइदा हुनेछ । घरजग्गाबाट भने त्यति राम्रो हुने छैन र पार्टनरसिपमा गरेको कार्यमापनि विवाद उत्पन्न हुन सक्छ अत: विचार पुर्याउनु पर्नेछ । आर्थिक दृष्टिले वैशाख, जेठ, असार र कार्तिक महिना राम्रो हुनेछ ।

प्रेम/सम्बन्ध
प्रेम र मित्रताको बन्धनमा विवाद उत्पन्न हुन सक्छ र पारिवारिक मन मुटाव बढ्ला । दाम्पत्य जीवनमापनि मतभेद बढ्ने सम्भावना रहेकोछ ।

शिक्षा
शैक्षिक क्षेत्र अधुरै रहन सक्छ । पढ्न मनपनि कम नै लाग्ला । वाणिज्य विषयका विद्यार्थीरुले पढाईमा उत्कृष्ट नतिजा पाउनेछन् । विज्ञान विषयका विद्यार्थीरुको लागि भने यो वर्ष कमजोर सावित हुनेछ ।

पेसा/रोजगार
यो वर्ष नयाँ कार्यको थालनी हुनेछ । सरकारी जागिरेलाई सरुवा र बडुवाको योग छ । रोजगारकालागि विदेश जानेहरू का लागि राम्रो छ । स्वास्थ्य तथा समाजसेवामा समय दिनेहरू ले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।

स्वास्थ्य
हड्डी तथा आँखामा समस्या आउला । अनुहारमा तथा छाला संग सम्बन्धि समस्या आउन सक्छ । पारिवारिक स्वास्थ्यमा समस्या आई औषधि उपचारमा खर्च बढ्नेछ ।

शुभ रङ्ग
रातो, सेतो, हरियो, र पर्पल शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ४, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
यदि तपाईं आफ्नो भाग्यलाई अझै वृद्धि गराउन चाहनु हुन्छ भने बिहिवार विष्णु भगवानको दर्शन / पूजा गरी शाकाहारी रहनु भयो भने राम्रो हुनेछ । प्रत्येक बिहिवार निमुखा पशु पक्षीलाई खानेकुरा दिने र असहायलाई सहयोग गर्नाले भाग्यमा वृद्धि हुनेछ । बिहिवार केराको वृक्षारोपण र पूजन गर्नालेपनि भाग्यमा वृद्धि हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

व्यापार/व्यवसाय
सिंह राशिकोलागि यो बर्ष आर्थिक हिसावले निकै राम्रो छ । तरल पदार्थ तथा विमा क्षेत्रमा गरिएको लगानि मौलाउनेछ । कृषी तथा होटल लाईनको व्यापार फस्टाउनेछ, तर स्वास्थ्यमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाईनेछैन । आर्थिक दृष्टिले जेठ, असार माघ र फागुन महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनेछ । आफन्त र नजीकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको अत्यामा भने घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् । संतानको रहर गर्नेले संतान प्राप्तिको सम्भावनापनि रहेकोछ ।

शिक्षा
अध्ययन अध्यापनमा पूर्ण सफलता मिल्नेछ । व्याक लागेका विद्यार्थीरुले उत्तीर्ण गर्न सक्छन् । अनुसंधान र टेक्निकल क्षेत्रका विद्यार्थीहरूले विशेष सफलता मिल्ला । पढ़ाईको सिलसिलामा बिदेश जाने र स्थानीय तहको सहयोग पाउनेछन् ।

पेसा/रोजगार
वर्ष भरि नै राहु र वृहस्पतिको कारणले नयाँ जागीर वा रोजगारको अवसरले पछयाउनेछ । वैदेशिक रोजगारमा रहेकाहरूलाई पनि यो वर्ष सफलता मिल्नेछ । प्रसंसा र प्रमोसनको संभावनापनि प्रवल छ ।

स्वास्थ्य
चोटपटकको भए भने रहेकोछ । हात गोडामा चोटलाग्न सक्छ । ग्यासटिक रोगले सताउन सक्छ, अत: स्वास्थ्यमा खर्च बढ्नेछ । खानपिनमा र यात्रा गर्दा सतर्कता अपनाउन बढी आवस्यक छ ।

शुभ रङ्ग
रातो, खैरो, घ्यूरंग र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा
प्रत्येक आईतबार सूर्य भगवानको जप / पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक आईतबार वृद्ध जनलाई सहयोगगरी र आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । वर र पिपालको वृक्षारोपण गर्नालेपनि ग्रहवाधा कम हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

व्यापार/व्यवसाय
व्यापारीक दृष्टिले यो वर्ष सोचे अनुसार राम्रै रहनेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । पहिरन तथा शृंगारको व्यापार फस्टाउनेछ । घर जग्गा, वित्तीय संस्था र सेयर बजारको कारोवारबाट लाभ नै हुनेछ । धातु र खाद्यान्नको कारोवारमा मन्दि आउनेछ । आर्थिक दृष्टिले असार, साउन, पुष र फागुन महिना लाभदायक रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि त्यति उपयुक्त देखिदैन साथै दाम्पत्य जीवनमापनि मत भेद बढ़्न सक्छ, तर कात्तिक महिनाबाट प्रेम प्रस्ताव आउने र प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ ।

शिक्षा
यो वर्ष अध्यन अध्यापनको क्षेत्र सामान्य नै रहनेछ । वर्षको पूर्वार्धमा रिजल्ट राम्रो हुनेछ, तर उत्तरार्धमा रिजल्ट त्यति अनुकुल नहोला । गणित तथा आई. टी. विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई भने सामान्य नै रहनेछ ।

पेसा/रोजगार
यो वर्ष आफ्नो कार्य क्षेत्रमा झमेला अएपनि आर्थिक पक्ष सुदृढ रहनेछ । मंसिर महिना पछि नयाँ कार्य वा नयाँ रोजगारको अवसर आउनेछ । सरकारी कर्मचारीहरूले सजकता अपनाउनु पर्नेछ र राजनैतिक क्षेत्रमापनि विविध समस्या आई पर्ला ।

स्वास्थ्य
हड्डी तथा आँखा र कानको समस्या बढ्न सक्छ र दिर्घकालीन औषधको सम्भावना रहनेछ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला । आफन्त र घरपरिवारका लागि स्वाथ्य उपचारमा खर्चपनि बढ्नेछ ।

शुभ रङ्ग
हरियो, गुलाबी, रातो र सेतो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ५ र ६ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रहपिडा कमगर्न हनुमानजीको दर्शन / पूजा र आरधना गर्नाले राम्रो हुन्छ । शनिवार पिपल वा अन्य वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि नवग्रहको स्मरण गर्नाले राम्रो हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

व्यापार/व्यवसाय
यसवर्ष व्यापार व्यवसायबाट लाभ नै हुनेछ, तर आफन्त संगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । शेयर बजारको लगानी सामान्य नै रहनेछ । स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल पाईनेछ । विमा संस्थानको लगानी फस्टाउनेछ । तरल पदार्थको लगानीबाट त्यति फलदाई नहोला । आर्थिक दृष्टिले श्रावण, भाद्र, माघ र चैत्र माहिना राम्रो रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी वा मित्रबाट भरपूर साथ र सहयोग पाईनेछ । नयाँ साथीसँग सम्बन्ध जोडीने समय छ । विपरीत वर्गप्रती सहयोगभाव बढ्नेछ । आफ्नो कामको सिलसिलामा घर परिवरबाट टाढीनु पर्नेछ ।

शिक्षा
यो वर्ष विद्यार्थीहरूले राम्रो अंक हाँसिल गर्नेछन् । विज्ञान र स्वस्थ क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । शोध र आई. टी. विषयभने कमजोर रहन सक्छ ।

पेसा/रोजगार
यो वर्षको ग्रह गोचर हेर्दा बैदेशिक रोजगारमा जानेहरूका लागि निकै राम्रो छ । सरकारी जागीर खान खोज्ने हरूको लागि सुनौलो अवसर छ । राजनैतिक क्षेत्रमा आवद्ध जातकहररूलाई अधिक सफलता मिल्नेछ । ठेक्का पट्टाका काम गर्ने व्यक्तिहरूलाई राम्रो सफलता मिल्नेछ ।

स्वास्थ्य
हेल चेकराईंका कारणले परिवारको स्वस्थ्मा धन खर्च हुन सक्छ । पेटमा र स्वास प्रस्वासमा समस्या देखिन सक्छ, तर पुराना रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।

शुभ रङ्ग
सेतो, हरियो, खैरो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ४, ६ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
शुक्रवार लक्ष्मीजीको दर्शन / पूजा गरे चाँडै सफलता पाईनेछ । भोका र विद्यार्थीलाई सहायता गर्नाले ग्रहपिडा कमभई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

व्यापार/व्यवसाय
यो वर्ष जग्गा जमीन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बैंकिंग क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । शैक्षिक र सेवामुलक व्यावसायबाट बढी सफलता पाईनेछ । आर्थिक दृष्टिले बैशाख, भदौ, कात्तिक र फागुन महिनामा बढी सफलता मिल्नेछ ।

प्रेम/सम्बन्ध
वर्षको पूर्वार्धमा प्रेम र मित्रताको बन्धन प्रगाढ बन्दै जानेछ । पूराना र टाढीएका मित्रसंग सामीप्यता बढ्नेछ । दाम्पत्य जीवनमा केही मतभेद भए पनि मायाँ एवं समझदारी भने कायम नै रहनेछ । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवस्यक देखिन्छ ।

शिक्षा
वैदेशिक क्षेत्रमा रहेका वृश्चिक राशीका विद्यार्थीहरूलाई यो वर्ष त्यति राम्रो देखिन्न । विज्ञान र शिक्षाशास्त्र विषयका विद्यार्थीहरूलाई भने बढी सफलता मिल्नेछ ।

पेसा/रोजगार
नोकरीगर्नेहरू लाई यो वर्ष प्रमोसन हुने योग छ । नयाँ कार्यको थालनी र लगानीले सफलता पाउनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । कृषि, पर्यटन तथा होटल पेसामा आवद्ध व्यक्तिहरूलाई भने विविध झमेला या समस्या आउन सक्छ ।

स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा उतार चढाव हुनेछ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा विशेष ख्याल गर्नु पर्छ र सतर्कता अपनाउनु पर्छ । वर्षको उत्तरार्धमा परिवारमा जिम्मेवारी बढ्नाले अली बढी औषध उपचारमा खर्च बढ्नेछ । नशा तथा रक्त संचारमा सामान्य समस्या आउन सक्छ ।

शुभ रङ्ग
सेतो, नीलो, गुलाबी र रातो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ३ र ७ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपीडा कम भई समृद्धता मिल्नेछ । असहायलाई खुसि पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मवार शाकाहारी भोजन र अरुको उपकार गर्नालेपनि भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन आफ्नो माता पिताको आशीर्वादलिई आफ्नो सत्कर्म गर्नाले गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

व्यापार/व्यवसाय
यो वर्ष धनु राशिलाई व्यापार / व्यवसायमा त्यति राम्रो देखिदैन । व्यापार व्यावसायको लगानि व्यर्थ हुनसक्छ । फैंसी तथा सजावटीको क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्रबाट राम्रो रहला । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको कृपाले निर्माण, धातु, मेसेनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थीक दृष्टिले जेठ, असोज, कात्तिक र चैत्र महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ, साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव बढ्न सक्छ र आफन्तलेपनी सहयोग गर्ने छैनन् । नयाँ सम्बन्ध नजोडेकै राम्रो हुन्छ । तर जन्मकुण्डलीमा वृहस्पति र शनि ग्रहको पोजीसन राम्रो भए मानोवांछित र शुभ फल पाईनेछ ।

शिक्षा
पढाई लेखाईपनि कम अंक आउला, तर बुद्धिको विकाश भने हुनेछ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हाँसिल गर्नेछन् । आर्किटेक्चर एवं विज्ञान क्षेत्रका शिक्षार्थीहरूलाई राम्रै सफलता मिल्नेछ । जेठ असोज र चैत्र महिनामा विद्यामा ह्रास आउला ।

पेसा/रोजगार
यो वर्ष पेसा वा रोजगारमा सरुवा र बढुवाको योग भएपनि व्यर्थको अपजस खेप्नु पर्ला, अत: वाणिमा लगाम लगाउन आवस्यक हुनेछ । नयाँ कार्यको थालनी अधुरै रहला । तरल पदार्थ र कृषि व्यवसायबाट राम्रो हुनेछ तर, विपक्षी भने बढ्न सकनेछन् ।

स्वास्थ्य
शरीरमा आलस्यता र मानसिक चिन्ता बढ्न सक्छ । ज्वरो आउने र चोटपटकको भयपनि उत्तिकै रहनेछ । ग्यासटिकको समस्या बढ्न सक्छ त्यसैले खनपिनमा ध्यान दिनु र व्यायाम गर्नु हितकर हुन्छ ।

शुभ रङ्ग
गुलाबी, पर्पल, खैरो र सुन्तलारङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ४, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
विहिवार विष्णु र शनिवार र हनुमानजी या शनि देवको दर्शन तथा पूजा गर्ने । गरीब तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै वस्त्र दान गर्नाले भाग्यमा वृद्धि हुनेछ र आफ्नो जन्म दिनमा वृक्षारोपण गर्नेहरूलाई ग्रहपिडा कम भई अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक पक्ष सबल नै रहने देखिन्छ । उधारो र पूरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नेछ । सेयरको कारोवार भने सूझ बुझमा भर पर्छ । स्वास्थ्य तथा पर्यटकीय व्यवसाय फस्टाउनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाटपनि राम्रो प्रतिफल पाईनेछ । तर खाद्यान्न र कृषि व्यवसायबाट नोक्सानी हुन सक्छ । वैशाख र असोज महिनामा हानी हुनेछ भने असार र कार्तिक महिनामा अधिक लाभ मिल्नेछ ।

प्रेम/सम्बन्ध
वर्षको पूर्वार्धमा प्रेम प्रसंगमा नपरेकै राम्रो हुनेछ, अत: बिवाद बढ्न सक्छ । वर्षको उत्तरार्धमा भने प्रेमी/प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । आफ्नो कार्य क्षेत्रका सहकर्मीसंग भने मनमुटाव बढ्नसक्छ ।

शिक्षा
यो वर्ष विशेषगरी विज्ञान (science) विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधूरा विषयमा उत्तीर्ण हुन सकिनेछ । वैदेशिक विद्यार्थीहरूलेभने अलि बढी सफलता पाउनेछन् । शैक्षिकक्षेत्रबाट असार र फाल्गुन महिनामा अधिक सफलता मिल्नेछ ।

पेसा/रोजगार
वर्षको उत्तरार्धमा विद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहररूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । प्राविधिक क्षेत्रका कर्मचारीहरूको लागि निक्कै राम्रो हुनेछ । वैदेशिक रोजगारमा जानेहरू लाई भने त्यति राम्रो हुनेछैन ।

स्वास्थ्य
यो वर्ष रक्तचाप बढ्न सक्छ, अत: स्वस्थप्रति सजक रहनु होला । नशाको समस्यापनि बढ्न सक्छ र औषधि उपचारमा खर्च बढ्नेछ । नाक, कान तथा घाँटीमा समस्या आउला ।

शुभ रङ्ग
पहेंलो, निलो, हरियो, खौरो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ६, ७ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
भगवान शिवाजी र शनिदेवको दर्शन, पूजा, आरधना, शनिस्तोत्र पाठ र ग्रह शान्ति गर्ने-गराउने साथै शनिवार पीपलमा जल चढाउनाले ग्रहपीडा कम हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोलनेलाई शनिदेवको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

२०७७ साल कुम्भ राशी हुनेहरूकालागि मिश्रित फल मिल्नेछ । इच्छा र शौक बढेर जानेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसंग आवद्ध भइनेछ र वैदेशिक यात्रा हुनेछ, तर नजीकका व्यक्ति र वन्धु वान्धवसंगको सम्बन्धमा नचाहाँदा नचाहाँदै चिसोपना आउनसक्छ । जन्म कुण्डलीमा शनिग्रह कमजोर हुनेहरूलाई श्रावण २१ गते सम्म र मंसिर १ गतेपछि शनिको आद्य साढेसातिको प्रभावले अप्रिय समचार सुन्न बाध्य बनाउने र मानसिक चिन्ता पनि बढाउन सक्छ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार व्यवसायबाट राम्रै लाभ मिल्नेछ र पुरानो ऋण तिर्न सकिनेछ । विशेषगरी धातु, खोज, संचार, र निर्माण व्यवसायमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ । खानेकुरा, तरल पदार्थ र शेयर बजारको कारोवार त्यति राम्रो रहने छैन । आर्थीक दृष्टिले जेठ, साउन, कार्तिक र पुष महिना बलियो रहनेछ भने बैशाख, मंसिर र चैत्र कमजोर रहनेछ ।

प्रेम/सम्बन्ध
शनि ग्रह कमजोर हुनेलाई प्रेममा बाधा आउनेछ भने शनि बलियो हुनेहरूलाई घर परिवारको समर्थन मिल्नेछ । साउन र कार्तिक महिनामा तपाईंलाई कसैले मन पराउनेछन् र टाढिएका मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ । सन्तानको चाहना राख्नेले सन्तान सुख मिल्ने सम्भावना रहेको छ । दाजु भईसंग सम्बन्ध भने विग्रन सक्छ ।

शिक्षा
यो वर्ष अध्यन र अध्यापनको लागि राम्रो रहेको छ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाईपनि राम्रै सफलता मिल्नेछ । आई. टी., प्राविधिक, शिल्प र इंजीनियरिंग क्षेत्रका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र सफल तथा देश विदेशको यात्रा हुनेछ ।

पेसा/रोजगार
मनोरञ्जन र कलाकारितामा आवद्ध व्यक्तिहरू लाई निकै राम्रो हुनेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरू ले राज्यबाट मान सम्मान पाउनेछन् । स्वस्थ तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । मुद्दा मामिला र न्यायिक क्षेत्र भने कमजोर नै हुनेछ ।

स्वास्थ्य
त्वचा तथा हड्डीको समस्या बढ्न सक्छ । साना तिना चोट- पटकको भय रहनेछ । सन्ततिको औषध उपचारमा खर्च बढ्नेछ । आँखा र कानको समस्या पनि बढ्न सक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु होला ।

शुभ रङ्ग
निलो, पर्पल, हरियो, पहेंलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ५, ६, र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
असहाय र दिन दुखिलाई सहयोग गर्नाले मनाशिक शान्ति मिल्नेछ । शनिवार हनुमानजी र शुक्रवार लक्ष्मीजीको दर्शन,पूजा र आरधना भक्तिपूर्वक गर्नाले ग्रह पीडा कम हुने र मनोकामना पूर्ण हुनेछ । प्रत्येकदिन निमुखा प्राणी तथा चराचुरूंगीलाई खानेकुरा दिनालेपनि भाग्यमा वृद्धि हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो वर्ष मीन राशि भएका व्याक्तिहरू का लागि अधूरा कामहरू पूरा हुने, नयाँ कार्यको योजना बन्नेछ र बिस्तारै सफलतापनि पाईनेछ । धार्मिक र सेवामूलक कार्यमा मन जानेछ । घर परिवारमा शुभकार्य हुनेछ । भौतिक सम्पत्तिमा बढोत्तरी हुनेछ । वृहस्पतिले राज्यबाट मान सम्मान दिलाउने र मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभलिन सकिनेछ । वर्षको पूर्वार्धमा वैदेशिक कारोवार र बैंकिंग कारोबारबाट अधिक फाइदा मिल्नेछभने वर्षको उत्तरार्धमा निर्माण र शेयर बजारको लगानी फलदाई हुनेछ । घर जग्गा तथा दलाली व्यवासायीलाई मनग्य फाइदा होला । शैक्षिक क्षेत्र र वाहनमा लगानी गर्नेहरू सचेत रहनुहोला । साउन र पौष महिनामा धनमाल हराउन सक्छ सजक रहनु होला । आर्थिक दृष्टिकोणले आसार, भाद्र, र माघ महिना शुभ रहनेछन् ।

प्रेम/सम्बन्ध
पारिवारिक समस्याबाट मुक्ति मिल्नेछ । प्रेमका कोपिला फक्रेर जानेछ अत: प्रेमी जोडीहरूको सम्बन्ध प्रगाढ हुँदै पारिवारिक समर्थनमा विवाह सम्पन्न हुनसक्छ । मंसिर महिनामा प्रेमी / प्रेमिकाका घर परिवारबाट केहि अफ्ठ्यारा परिस्थितीहरू सिर्जना हुनसक्छ । आफन्त, दाजुभाई तथा घर-परिवार संगको विवाद समाप्त हुनेछ ।

शिक्षा
शैक्षिकक्षेत्रबाट मिश्रित फल मिल्नेछ । व्ययवस्थापन र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । विज्ञान, टेक्निकल र आई. टी.का विद्यार्थीहरू यो वर्ष कमजोर सावित हुनसक्छन् । शैक्षिकक्षेत्रबाट कार्तिक र फाल्गुन महिनामा अधिक सफलता मिल्नेछ, अत: पुराना ब्याक लागेका विषय सहजै उत्तीर्ण गर्न सकिन्छ ।

पेसा/रोजगार
यो वर्ष नयाँ कार्यको सुरुवात गर्न सकिनेछ । पाटनरसिपमा नयाँ ठाउँमा लगानिको राम्रो अवसर मिल्नेछ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । कलाकारिता, डिजाईनर पेसामा आवद्ध व्यक्तिहररूलाई अधिक सफलता मिल्नेछ । तर यो बर्ष बैदेशिक रोजगारीको लागि भने त्यति राम्रोहुने देखिन्न ।

स्वास्थ्य
बाटो हिड्दा, यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ, अत: होस पुर्याउनु होला । शरीरले दु:ख पाउने र मनमा निराशा छाउन सक्छ । घर परिवारको स्वाथ्यमा थप खर्च बढ्नेछ । रक्त चापको समस्यापनि बढ्न सक्छ, सचेत रहनु होला ।

शुभ रङ्ग
रातो, सेतो, हरियो, पहेंलो, गुलाबी र सुन्तलारङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क  
१, २, ३, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक मंगलवार विघ्नहर्ता गणेशजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपिडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । पद र प्रतिष्ठा प्राप्तिकोलागि दैनिक विद्यार्थीलाई सेवा गर्ने र आफ्नो कूल देवताको स्मरण गर्नाले राम्रो हुनेछ । विहिवार वृक्षारोपण गर्नालेपनि ग्रहवाधा कम हुनेछ । प्रत्येक दिन माता पिताको आशीर्वाद लिई सत्य बोल्नाले चाडै सफलता पाईनेछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)