nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

ढुक्क हुनुस् स्थायी सरकार वाम गठबन्धनको हुन्छः खतिवडा

वामगठबन्धनका तर्फबाट मकपवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । बाम गठबन्धनको बिजय पश्चात समृद्ध राष्ट्र निर्माणमा लाग्ने बताए । ६ मंसिरमा इन्द्रसरोबर गाउँपाकिालको सिस्नेरीमा भएको चुनावी जनसभामा बोल्दै खतिवडाले स्थिर सरकार निर्माणकै लागि गठबन्धन भएकोले दुवै पार्टीमा उत्साह छाएको उनको भनाई थियो । पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाएको भन्दै उनले उनले अब मुलुकको निकासका लागि वाम गठबन्धनको विकल्प हुनै नसक्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा ख का उमेद्वार कुमारी मोक्तानले वामगठबन्धनको सरकार बनेपछि बिकासको लहर आउने बताइन् । यस अघि वामसरकार बनेपनि काम गर्ने वाताबरण नभएकोले अव  स्थिर वाम सरकार निर्माण पछि बिकास निर्माणले तिब्रता पाउने उनले बताईन् ।

इन्द्रसरोबर गाउँपालिका ३ का निर्बाचन परीचालन कमिटि संयोजक राजेश पाख्रिनको सभाध्यक्षमा भएको कार्यक्रममा पूर्ब साँसदद्वय सुवासचन्द्र ठकुरी र रामनारायण बिडारी, प्रतिनिधि सभा क्षेत्र नम्बर २ निर्बाचन परीचालन कमिटिका सहसंयोजक ओम घलान, भिमफेदी गाउँपालिका उपाध्यक्ष पार्बती रानालगायत सहभागि थिए ।