Monday, 15th June, 2026
वि.स.

ढुक्क हुनुस् यि कर्मचारीको पारिश्रमिक काटिदैन [निर्णय सहित]

कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको तलब नकाटिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्च स्तरीय समितिले कोषमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको हकमा स्वेच्छिक रहने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

यदि स्वास्थ्यकर्मी तथा सुरक्षकर्मीको पारिश्रमिक कट्टा भएको भएमा सम्बन्धित निकायले सोधभर्ना गरिने भएकाे छ। विभिन्न निकायमा स्वास्थ्यकर्मीहरुको पारिश्रमिक काटिएको भन्ने गुनासो आएपछि उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो ।

हेर्नुहोस् उच्च स्तरीय समितिको बैशाख ३ गतेको निर्णय :

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०