Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

डोरमणी पौडेल बन्ने भए प्रदेश नंबर ३ को पहिलो सभामुख

मकवानपुरको प्रतिनिधसभा क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र नंबर ख का सांसद डोरमणी पौडेल प्रदेश नंबर ३ को पहिलो सभामुख बन्ने निश्चित भएको छ । ५ माघमा हेटौँडामा प्रदेश नंबर ३ को प्रदेश प्रमुख अनुराधा कोइरालाले पदभार ग्रहण गरेसँगै भोली हुने प्रदेश सांसदहरुको सपथग्रहण समारोहपछि हुने पहिलो प्रदेशसभा बैठकको सभामुख पौडेल हुने निश्चित भएको हो ।

सांसद पौडेलले सरकार तथा सभामुखको निर्वाचन हुनुपुर्वको सबै प्रदेश बैठकहरुमा सभामुखको भुमिका निर्वाह गर्ने भएका छन् । सभामुख तथा मुख्यमन्त्रीको चयन पहिला हुने सबै सांसद बैठकहरुमा पौडेलले सभामुखको भुमिका निर्वाह मात्र गर्दैनन् भोली हुने प्रदेश सभाको सपथ समेत उनले खुवाउने छन् ।

माघ ७ गते विहान १० बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । त्यसपछि प्रदेश नंबर ३ का सबै सांसदहरुलाई १० बजेर ५७ मिनेटमा पौडेलले सपथग्रहण गराउने कार्यक्रम रहेको र प्रदेश प्रमुखले बोलाउने पहिलो सांसद बैठकको सभामुख पौडेल हुनेछन् ।

त्यसो त पौडेललाई सभामुख बन्नको लागि वाम गठवन्धनबाट अवसर समेत प्राप्त भएको श्रोतको भनाई रहेको छ ।

-खबरब्रेकबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०