nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

डोरमणी पौडलेको कमल थापालाई प्रश्न – पटक पटक मन्त्री बन्दा के गर्नु भो ? 

वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा (ख) का उम्मेद्वार डोरमणी पौडेलले राप्रपाका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई आफुले गरेको काम देखाउन चुनौति दिएका छन् । ६ मंसिरमा हेटौँडाको वडा नम्बर ६ चुच्चेखोलामा भएको चुनावी सभामा बोल्दै पौडेलले थापालाई पटक पटक महत्वपूर्ण मन्त्रालाय सम्हाल्दा मकवानपुरको विकासको लागि गरेको पाँच वटा कामको जानकारी दिन चुनौति दिएका हुन् । 

कमल थापाले कम्युनिष्टहरुले केहि गरेन भनेर भ्रम छर्दै हिडेको भन्दै उनले भने “आफु पटक पटक मन्त्री बन्ने अनि हामीले गरेको विकासलाई नदेख्ने थापालाई म चुनौति दिन चाहान्छु, तपाँईले गरेको देख्ने कुनै पाँच काम छ, भन्न सक्नुहुन्छ ?” पौडेलले जनताको आँखामा भ्रम छर्नु र काम गर्नु फरक पाटो भएको बताए । नेपालको इतिहाँसमा एक, दुई पटकमात्र भएपनि कम्युनिष्ट सत्तामा नपुगेको भए बिकासको सुरुवात समेत भएको बताए । कम्युनिष्ट प्रधानमन्त्री भएको समयमा भएको विकासनै नेपालको विकासको जग भएको उनले दाबी गरे । हेटौँडालाई नेपालमा चिनाउनको लागि आफुहरुको ठुलो हात रहेको बताउँदै उनले अब पनि हेटौँडाका नागरिकले कम्युनिष्टलाई मत दिएर समृद्ध हेटौँडा निर्माणमा लागि पर्नुपर्ने उनको भनाई रहेको छ ।

कार्यक्रममा क्षेत्र नम्बर १ प्रदेश ख का निर्बाचन परीचालन कमिटि संयोजक श्रीधर पोखरेल, सहसंयोजक वालकृष्ण चौलागाँईले मन्तब्य ब्यक्त गरेका थिए । यसैगरी पौडेल सहतिको टोली हेटौंडा ६ को घरदैलो क्रममा चौघडा, चुच्चेखोला, कल्याणटार, खुमलटार, पुतलीबजार, गौरिटारलगायतका क्षेत्रमा नागरिकसँग सम्वाद समेत गरेका थिए । कार्यक्रममा समानुपातिक उमेद्वारद्वय केदार न्यौपाने र जुनली श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महत, उपमेयर मिना लामालगायत सहभागि थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)