Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

डेढ वर्ष प्रयोग गरेपछि अध्यक्ष घिमिरेले फिर्ता गरे मोटरसाईकल

bike-firta-1608175424.jpg

मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ का वडा अध्यक्ष भागवत घिमिरेले गाउँपालिकादे उपलब्ध गराएको मोटरसाईकल सुविधा फिर्ता गरेका छन् । गाउँपालिकाले डेढ वर्ष अघि उपलब्ध गराएको सुविधाको मोटरसाइकल उनले फिर्ता गरेका हुन् ।

आईतबार गाउँपालिकाको जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मोटरसाईकल फिर्ता गरेको वडा अध्यक्ष घिमिरेले जानकारी दिए । सुविधाको खर्च विकासको काममा लगाउने बताउँदै उनले अब निजी सवारीसाधनको प्रयोग गरेर जनताको काममा लाग्ने बताए । तर वडा अध्यक्ष घिमिरेले डेढ वर्ष प्रयोग गरेपछि सुविधाको मोटरसाइकल फिर्ता गरेका हुन् ।

यद्यपि, बागमती प्रदेश सरकारले जारी गरेको जनप्रतिनीधिको सेवा सुविधा सम्बन्धी व्यवस्थामा सवारी साधन प्रयोग नगर्ने जनप्रतिनीधिले ४ हजार पाँच सय रुपियाँ बढि सुविधा पाउने व्यवस्था छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०