nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

टीकाकै भोलिपल्ट फर्कन कर्मचारीलाई निर्देशन

दशैं मनाउन आ आफ्ना गन्तव्यमा जाने कर्मचारीलाई सरकारले टीकाकै भोलि पल्ट फर्कन निर्देशन दिएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीको लागि सरकारले कर्मचारीलाई छिटो फर्कन निर्देशन दिएको हो ।

 प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई परिपपत्र गर्दै माहतहतका कर्मचारीलाई ‘स्ट्याण्डबाइ’ राख्न निर्देशित गरेको छ । दशैंका घर जाने कर्मचारीलाई टिकाको पर्सी पल्ट अर्थात् द्वादशीको दिन कार्यालय हाजिर हुन भनिएको छ । कर्मचारीलाई यसअघि दशैंमा द्वादशीसम्म बिदा हुने गथ्र्यो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज २५ मा नेपाल आइपुग्ने कार्यक्रम छ । त्यसको लागि सरकारले आवश्यक तयारीमा जुटेको छ । राष्ट्रपति सीको भ्रमणकै लागि अहिले काठमाडौंका सडक मर्मत तथा सरसफाई भइरहेको छ । कतिपय स्थानमा सडक रातरात कालोपत्रे(पीच) गरिएको छ ।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण हुन लागेको हो । चिनियाँ राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ मा नेपाल भ्रमण गर्नुभएको थियो । चिनियाँ राष्ट्रपतिको दुई दशकपछि हुन लागेको भ्रमणलाईे नेपालले महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाली उत्साहित भएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

karmachari11-(1)-1570175174.jpg