Wednesday, 26th August, 2026
वि.स.

टिपरले ठक्कर दिंदा एक जनाको मृत्यु

 मकवानपुरको हेटौँडाको कान्तिलोकपथ अन्तरगत हेटौँडा–१७ गैरीगाउँमा आज टिपरले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।
हेटौंडाबाट गैरीगाउँ तर्फ गैरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई सोही दिशा दिशातर्फ गइरहेको ना ७ ख ७३२३ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय २६ वर्षका टंक न्यौपानेको मृत्यु उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मोटरसाइकलमै सवार २१ वर्षीय गीता न्यौपाने भने गम्भीर घाइते भएकी छिन् । घाइते गीतालाई थप उपचारको लागि भरतपुर रिफर गरिएको लगिएको गीता टंकको बहिनी भएको प्रहरीले जनाएको छ .

तीब्र गतिमा गइरहेको टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो । अनियन्त्रित भइ सडकको किनारमा पुगेको टिपरले सडक छेउको विद्युत पोललाई पनि ठक्कर दिएको छ । टिपरको चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif