nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जोन संचालन समितिको अध्यक्षमा बिष्ट निर्विरोध

vc-jon1-1521347750.jpg

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइ पालुङको जोन संचालन समितिको अध्यक्षमा सुदर्शन बिष्ट चयन भएका छन् । थाहा नगरपालिका तथा इन्द्रसरोवर गाउँपालिकामा संचालित जोन कार्यान्वयन इकाइ पालुङको अभिमुखिकरण गोष्ठी तथा जोन संचालन समिती गठन कार्यक्रमले जागरुक कृषक समुहका बिष्टलार्इ अध्यक्षमा निर्बिरोध चयन गरेको हो । 

९ सदस्यीय समितीको उपाध्यक्षमा इन्द्रसरोवर गाउपालिका १ का लक्ष्मी नारायण कृषक समुहका कृषक सरिता बस्नेत, सचिबमा बज्रबारही कृषक समुहका कृषक सुबिन भक्त श्रेष्ठ, सह सचिबमा इन्द्रसरोवर गाउपालिका वडा नं ४ नमुना कृषक समुहका कृषक सुबास रुम्बा, सदस्यहरुमा इन्द्रसरोवर गाउँपालिका वडा नं ५ महाचुनी कृषी सहकारीका उपाध्यक्ष रामकृष्ण कार्की, पाण्डुकेश्वर कृषक समुहका बिनिता ढकाल, अर्याल कृषि फर्मका कुलचन्द्र अर्याल, किरातेश्वर कृषक समुहका अन्जु केसी र सुनगाभा कृषि फर्मका कृशोर स्याङ्तान चयन भएका छ्न ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथी थाहा नगरपालिकाका नगर प्रमुख लबसेर बिष्टले किसानहरुको सम्पूर्ण अवस्थामा नगरपालिका सङ्गसङ्गै रहेको बताउदै नगरपालिका र जोन कार्यालयले समन्वय गरेर कार्यक्रम गरि किसानको हित र उन्नतिको निमित्त नगरपालिका १०० प्रतिशत नभै २०० प्रतिशत तयार भएर रहेको बताए । अब ब्यवसायिक ढङ्गले बिदेश जानुपर्ने र सचेकृत हुने बित्तिकै जागिर खोजेर निर्वाह गर्ने दिनको अन्त्य गर्न सबै किसानले आफ्नो भएको जमिनलाई प्राविधिक युक्त बनाइ उत्पादन बढाएमा सबैजना मालिक भएर बस्न सक्ने र कोहि पनि मजदुर भएर रहन नपर्ने बताए ।

कार्यक्रम मर्फत दुख ब्यक्त गर्दै प्रमुख बिष्टले थाहा नगरपालिकाको १० ओटै वडा र इन्द्रसरोवरको ५ ओटै वडा समेटिदा थाहाको २ वटा वडाकि तिस्तुङ छुटेको प्रती दुख ब्यक्त गर्दै थाहाको सबै वडा समेटिनु पर्ने बताउदै जोन कार्यालय प्रमुख मार्फत आउदो आर्थिक वर्षमा समेटिने जानकारी प्राप्त भएको बताए ।

कार्यक्रमम बोल्दै इन्द्रसरोवर गाउपालिकाका अध्यक्ष जिवन लामाले परियोजनाको सुरुवातको वर्ष भएको कारण सम्पुर्ण जनप्रतिनिधि र अहोरात्र खट्ने किसानहरुको लगानिबाट मात्र जोन कार्यक्रमलाइ सम्पन्न गराउन सक्ने कुरा बताए । उनले जोन कार्यक्रमलाइ के के गर्दा सुधार गर्न सकिन्छ भनेर योजाना तथा कार्यक्रमहरु ल्यायो भने आगामी दिनमा दुबै पालिकाले बजेट बिनियोजन गर्नका लागी फराकिलो ढङ्गले सोचेर जाने अवगत गराए । उनले २ वटै पालिकका कृषकहरुका आवश्यकता र समस्याहरुलाइ समाधान गर्न कृषकहरू सङ्ग रहेर आफ्नो गाउपालिका लगाय्त दुबै पालिकाले आफ्नो क्षेत्रलाइ सुपर जोन बनाउन अर्जुन दृस्टी लगाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका सहभागी बज्रपर्बत कृषक समुह थाहा १० चित्लाङका अध्यक्ष रामकृष्ण मगरले सम्बाददातासङ्ग कुराकानी गर्दै भने कृषकले दुख गरे बमोजिमको मुल्य नपाएकाले जोन मार्फत बजार प्रबर्द्धन र प्राबिधिकको सहयोग नै अहिलेको मुख्य आवश्यकता रहेको बताए । उनले थपे गरीबलाइ माथी उकास्न सहुलियत ब्याजमा कृषकहरू ब्यवसायिकरणमा जानु पर्ने बताए । अर्का कृषक महालक्ष्मी कृषक समुहका ज्ञानु तामाङ भन्छिन आफ्नो समुह भर्खरै बनेकोले समुहलाइ जोनले बिभिन्न तालिम, बजार ब्यवस्थापन, प्राबिधिकको सहयोग भयो भने अझै सहज हुन्छ। 

यस्तै अर्का कृषक इन्द्रसरोवर गाउँपालिका ५ का महाचुनी कृषक समुहका उपाध्यक्ष रामकृष्ण कार्कीले सबै किसानले लगानी गर्न नसक्ने भएकोले किसानहरुलाई सहुलियत रुपमा अनुदान प्रदान गरि सबै किसानलाइ समान रुपमा सेवा दिनु पर्ने बताए ।

मकवानपुरमा नै पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सन्चालन हुनुमा पनि थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा कार्यक्रम सन्चालन गर्ने योजनाको साथमा स्थापना भएको जोन कार्यालयले थाहा नगरपालिकाको १ देखी १० वडा र इन्द्ररोवर गाउँपालिकाको १ देखी ५ चै वटा वडाका कृषकहरूसङ्ग सहकार्य गर्दै समन्वय कृषि सङ्ग सम्बन्धित कार्यक्रमहरु सन्चालन गर्ने जनाइएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।