nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जोगिमारामा बस पल्टिदा मकवानपुरका चालक थिङको मृत्यू

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको जोगिमारा स्थित त्रिशुलीनदीमा ट्रक खस्दा चालकको मृत्यु भएको छ । ७ माघमा चितवनबाट काठमाडौँ जाँदै गरेको कन्ट्रोनर ट्रक आफै अनियन्त्रित भई त्रिशुली नदिमा खसेको थियो । दुर्घटनामा घाईते भएका ट्रकका चालक मकवानपुर पदमपोखरीका ३० वर्षीय विवेक थिङको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै घाईते सहचालक सोही ठाउँका १६ वर्षीय रोजन तितुङको मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

त्यस्तै ७ माघ बिहान पौने ७ बजे हेटौडा १० बैकरोडमा पैदल हिडिरहेकी ३५ बर्षिया हेटौडा १० मेनरोड निवासी ज्ञानुलक्ष्मी श्रेष्ठलाई नम्बर नखुलेको जिपले ठक्कर दिदा उनको ज्यान गएको छ । उनी नौ महिनाकी गर्भवती रहेको प्रहरीले जनाएको छ ।  भाम्भिर घाइते भएकी उनको चुरेहिल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडीको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।