Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग हस्तान्तरण

  २०७६ साल श्रावण २० गतेबाट थाहा नगरपालिका वार्ड नम्बर ३ मा संचालनमा आएको सामाजिक संस्थाको नाम हो सीताराम दिवा जेष्ठ नागरिक केन्द्र । यो केन्द्र मुख्यत घर्तीखोलामा रहेका जेष्ठ नागरिकहरुका निम्ति भेटघाट गर्ने, भलाकुसारी गर्ने थलोको रूपमा प्रयोग हुँदै आईरहेको छ । यहाँ जेष्ठ नागरिकहरु जम्मा भएर भजन कृतन गाउने, सुन्ने र आफ्नो बिगतलाई अरुलाई सुनाउदै समय बिताउने गर्दछन । भर्खर भर्खर मात्र संचालनमा आएको यस केन्द्रमा थुप्रै आवश्यकिय बस्तुहरुको कमी रहेको छ । केन्द्रले भोगिरहेका अभावको बारेमा थाहा पाएर थाहा नगरपालिका २ अंगारेका युवा व्यवसायी दिपक हमालले एक कार्यक्रमका बिच एकथान टेलिभिजन र म्युजिक सिस्टम सहयोग गरेका छन । 

      सीताराम दिवा जेष्ठ नागरिक केन्द्रका अध्यक्ष ईश्वर बहादुर कार्कीको सभा अध्यक्षतामा भएको कार्यक्रममा ९५ बर्षीय जेष्ठ नागरिक सुबेदार गजेन्द्र बहादुर कार्की, जन कल्याण माबीको प्राचार्य सानोभाइ कार्की, रोटरी क्लबका अध्यक्ष तथा समाजसेवी अच्युत्तम प्रशाद ढकाल, सहयोगदाता दिपक हमाल तथा उनका पिता पाण्डुकेश्वर क्षेत्र बिकास समितिका अध्यक्ष जनक हमाल, थाहा नगर होटल ब्यवसायी संघका अध्यक्ष शिवकुमार खत्री, पत्रकार ईच्छापुर्ण कार्की, फरक सोचका अभियान्ता यादब जंग रायमाझी आदीको उपस्थिति रहेको थियो । कार्यक्रमलाई एभेन्युज न्युज च्यानलका संवाददाता कुमार नेगीले संचालन गरेका थिए । 

          कार्यक्रममा अच्युत्तम प्रशाद ढ्कालले आफुले पनि यस्तै खाले दिवा कालीन बृद्द सेवा केन्द्रको स्थापनाका लागि पहल गर्दै आई रहेको र यहाँ बनिसकेको यो केन्द्रले आफुलाई उत्साह थपिएको र बृद्दाआश्रम भन्दा यस्तो सेवा केन्द्रहरुको स्थापनाले जेष्ठ नागरिकहरुको सम्मान र सुरक्षीत हुने समेत उनले बताए, साथै खोला खोतल्नु र बाटो बनाउनु मात्र समृद्धिको आधार नभएकोले युवा, उद्धमी, ब्यवसायी, कृषक, बृद्दबृद्दालाई समेट्नु, सहयोग गर्नु र सन्तुष्ट पार्नु पनि नगरको दायित्व रहेको उनले बताए । त्यस्तै सानोभाइ कार्कीले बृद्धअबश्थामा हुने एक्लोपनले चिन्ता बढ्ने  र त्यो चिन्ताले मानिसलाई नकारात्मक सोच तिर डोर्‍याउने हुनाले यस्ता केन्द्रमा जम्मा भएर चिन्तन गर्ने, भलाकुसारी गर्नाले एक्लोपनको महसुस नहुने र सकारात्मक सोचको बिकास हुने  साथै दैनिक घर देखि दिवा सेवा केन्द्र सम्मको आवत जावतले शारीरिक कसरत समेत हुदैजादा शरीर स्वस्थ रहने समेत सानोभाइ कार्कीले बताए । उनले सहयोगी दातालाई धन्यवाद दिदै केन्द्रलाई अरु थुप्रै सहयोगको आवस्यकता रहेकोले सहृदयी दानबिरहरुलाई सहयोग गर्न अनुरोध पनि गरे । 

         सभा अध्यक्ष ईश्वर बहादुर कार्कीले बैवाहिक कार्यक्रममा भएको भेटमा अच्युत्तम ढकाल सँग भएको कुराकानीको आधारमा यो सहयोग जुटाउन सहयोग र पहल गरिदिने अच्युत्तम ढकाल र दिपक हमाललाई कृतज्ञता व्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद समेत दिए ।