nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जेठ २ मा फर्किन ओली सहमत !

UML-1-1621009594.jpg

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीलाई जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) को अवस्थामा फर्काउन तयार भएका छन् ।

बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको एक सहभागीले बताए ।

माओवादी केन्द्रबाट आएका नेताहरुको जिम्मेवारी लगायतका विषयमा गृहकार्य गर्न कार्यदल बनाउने सहमति भएको छ । दुईर् नेताहरु बसेर कार्यदलका सदस्यहरु टुंगो लगाउने एमाले नेता भीम रावलले जानकारी दिएका छन् ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)