nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जिसस मकवानपुरमा एमाले, अरु दल सून्य

DCC-Makwanpur-01-1502103224.jpg

जिल्ला समन्वय समिति मकवानपुरको सबै पदाधिकारीमा एमालेका उम्मेदवार चुनिएका छन् । सोमबार भएको निर्वाचनबाट जिसस मकवानपुरको प्रमुखमा नेकपा एमालेका उम्मेदवार रघुनाथ खुलाल विजयी भए भने उपप्रमुख भगवति पुडासैनी निर्वाचित भईन् ।

निर्वाचनमा एमालेका सबै उमेदवारले १४–१४ मत पाएका थिए । जिसस मकवानपुर गठनका लागि २० जना मतदाता मध्ये १४ जना एमालेका प्रतिनिधि थिए । खुलालले काँग्रेस माओवादी गठबन्धनका कृष्णप्रसाद दाहाललाई पराजित गरेका हुन् । दाहालले ६ मत प्राप्त गरेका थिए । 

निर्वाचनमा सत प्रतिशत मत खसेको थियो । मतदानबाट जिसस मकवानपुरको सदस्य पदमा एमालेको तर्फबाट उमेदवारहरु देवराज रिमाल, गणेश कुमारी प्रधान, चित्रबहादुर बलामी, गीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानीकान्छी स्याङ्तान र सरिता बिक निर्वाचित भएका छन् ।

उपप्रमुख निर्वाचित पुडासैनीले काँग्रेस र माओवादी गठबन्धनका उपप्रमुख उम्मेदवार विजयकुमार भ्लोनलाई पराजित गरेकी हुन् । निर्वाचनम पुडासैनीले १४ मत र भ्लोनले ६ मत प्राप्त गरेका थिए ।

आगामी ५ वर्षका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सुवाससिं थिङ, सावित्री घिमिरे, राधिका सुनार, मैना कुमारी गोले र नेकपा माओवादी केन्द्रका तर्फबाट रुपचन्द्र गोपाली, गोमा गोतामे र लिलाकुमारी विकले सदस्यमा उम्मेदवारी दिएका थिए । तर उनीहरु एमालेका उम्मेदवारहरु भन्दा ८ मतको अन्तरले पराजित भए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)